राजविराज- सप्तरीमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्।
राजविराज नगरपालिका–१२, लवकाटोल बस्ने मोहिननारायण यादवले श्रीमती ३० वर्षीया लक्ष्मीदेवी यादवलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन्।
पतिको आक्रमणबाट लक्ष्मीको घाँटीमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ। श्रीमतीलाई खकुरी प्रहार गरी फरार भएका मोहितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए।
घटनाको यथार्थ कारण आइनसके पनि उनीहरूबीच आपसी विवाद देखिएको प्रहरीले जनाएको छ। लक्ष्मीले गत पुष २० गते पतिविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरीसमेत दर्ता गराएकी छिन्। पतिले आफ्ना छोराछोरी सौताको नाममा जन्मदर्ता गराएको भन्दै निवेदनमा न्याय माग गरिएको छ।
नेपाल प्रहरीबाट सेवा निवृत्त भएका मोहिननारायणले जागिरकै क्रममा इलामकी मुना खातीसँग प्रेम विवाह गरेर आफना दुई छोरा रोशन र कृष्णको जन्मदर्ता सौताको नामबाट गराएको निवेदनमा उल्लेख छ। (सांकेतिक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।