काठमाडौं– नेकपा(एमाले) केन्द्रीय प्रचार विभागले स्थापना गरेको ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गर्ने निर्णय भएको छ।
प्रचार विभागको आइतबार बसेको प्रचारप्रसार बैठकले कोइरालालाई पुस्कार दिने निर्णय गरेको हो। पुरस्कारको राशि ५१ हजार रुपैयाँ छ । पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा सदस्य डा महेन्द्र विष्ट र शीतल साह रहेको छनोट समितिले कोइरालालाई उक्त पुरस्कार दिने निर्णय गरेको हो।
गत वर्ष पहिलो पटक उक्त पुरस्कार फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई दिइएको थियो । आगामी सोमबार नेकपा (एमाले)का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले कोइरालालाई पुरस्कार प्रदान गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।