काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत फ्रेन्ड्स र हिमालयन शेर्पाबीचको खेल बराबरी भएको छ। लिगमा ५ खेल खेलिसक्दा एक खेल पनि नजितेका दुई क्लब पुछारबाट दोस्रो र तेस्रोमा छन्।
सोमबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिम गोलविहीन भएका हुन्। खेलमा दुवै टिमले गरेर पोस्टमा गरिएका ५ प्रहारमा कुनै पनि बल गोलमा परिणत हुन सकेन।
बराबरीपछि फ्रेन्ड्स क्लब ५ खेलमा ३ हार र २ बराबरीसहित २ अंक पाएर अंक तालिकामा पुछारबाट दोस्रोमा छ।
यसअघि फ्रेन्ड्सले मनाङ मस्र्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो। फ्रेन्ड्स पहिलो खेलमा आर्मीसँग २–१ ले, बिग्रेड ब्वाइजसँग २–० ले साथै मछिन्द्रसँग ३–० ले हारेको थियो।
यस्तै हिमालयन शेर्पा ५ खेलमा २ हार र ३ बराबरीसहित ३ अंक पाएर पुछारबाट तेस्रोमा छ। नेपाल पुलिससँग गोलरहित बराबरी, एपिएफसँग १–१ गोलको बराबरी खेलेको थियो। आर्मीसँग २–० ले हारेको हिमालयन शेर्पा बिग्रेड ब्वाइजसँग १–० ले हारेको थियो।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।