काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नुवाकोट जिल्ला सेक्रेटरी पक्राउ परेका छन्।
प्रहरीको विशेष ब्यूरोले नुवाकोटका सेक्रेटरी विन्दोस सिलवाल उपनामका अशोक विकलाई पक्राउ गरेको हो। उनलाई काठमाडौंको पैयुटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नुवाकोटमै स्काभेटरमाथि आगजनी गरेको आरोप उनीमाथि छ। त्यस्तै उनीविरुद्ध सुनसरीमा पनि हातहतियार तथा खरखजानासम्बन्धी मुद्दासमेत परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका विकलाई कारबाहीका लागि नुवाकोट पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।