झापा- झापाको विर्तामोड नगरपालिका-५ बाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सो वडाकै ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका-४ बस्ने २५ वर्षीय किरण खवास रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। उनीहरुलाई रु १ हजार दरका दुई थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो।
सोमबार पक्राउ परेको दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।