• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ओली–दाहाल द्वन्द्वमा पेन्डुलम वामदेव

64x64
नेपाल लाइभ मंगलबार, पुस २२, २०७६  १०:१५
1140x725

नेकपा नेता वामदेव गौतमले राष्ट्रियसभाको उम्मेदवार हुन अस्वीकार गरेका छन्। तर उनको अस्वीकृतिमा त्याग कम, लोभ ज्यादा झल्किएको छ। प्रधानमन्त्री हुन पाउने व्यवस्था हुने हो भन आफू राष्ट्रियसभाको सदस्य हुन तयार रहेको अभिव्यक्ति दिएर लालसा प्रकट गरे। यस्तै लालसाहरूले पार्टी राजनीतिमा वामदेव गौतम पेन्डुलम बन्दै आएका छन्।  

पदलोलुपता हाम्रो कुनै पनि राजनीतिज्ञको साझा रोग हो। सबैलाई पद नै चाहिएको छ। पद पाउने अपेक्षा आफैंमा खराब हैन, तर पद पाएपछि जीवनपर्यन्त ओगट्ने लालसाले भने विकृति निम्तिएका छन्। पदलोलुपतामा वामदेव गौतम पनि अपवाद छ्र्रैनन्। कहिलेकाँही आफ्नो राजनीतिक लालसा वामदेव गौतमले बढी नै छताछुल्ल पार्छन्। केही नेताले गौतमको यस्तो मनोविज्ञानलाई आफ्नो हितमा प्रयोग गर्दै आएका छन्। वामदेवलाई प्रयोग गरेर अघि बढ्ने नेतामा एक हुन् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली। थप राजनीतिक उचाइ हासिल गर्ने अपेक्षासहित गौतमले ओलीलाई नवौं महाधिवेसनमा साथ दिएका थिए। तर उनी चुनाव लडेर प्राप्त उपाध्यक्ष पदमै सीमित भए। पार्टी एकतामा उत्साहका साथ लागेका थिए वामदेव गौतम। तर संघीय संसदको निर्वाचनमा पराजित भए। त्यसपछि उनीको लालसालाई पकडेर पुष्पकमल दाहाल उर्फ प्रचण्ड पनि खेल्न थालेका छन्। 

वामदेव गौतम सार्वजनिक रुपमा आफूलाई ‘भिजनरी’ नेताका रुपमा प्रस्तुत गर्न खोज्छन्। तर उनले सार्वजनिक रुपमै अभिव्यक्त गरेका योजना तथा सत्तामा हँुदा गरेको कामले उनको भिजनलाई पुस्टि गर्छ। गौतम तीन पटक उपप्रधान तथा गृहमन्त्री भईसकेका छन्। पहिलो पटक गृहमन्त्री हुँदा प्रहरी महानिरीक्षक फेर्ने काममा विवादित बनेका थिए। यसले उनी विधीमा भन्दा पनि तजबिजीमा काम गर्छन् भन्ने पुष्टि भएको थियो। संविधानसभा चुनावपछि प्रचण्डको सत्तारोहण भयो। त्यो समय वामदेव पुनः उपप्रधान तथा गृहमन्त्री भए। तर उल्लेखनीय केही गर्न सकेनन्।

अहिले वामदेव गौतम समाजवादको नारा जपेर हिँडेका छन्। कहिलेकाही देश विकास गर्ने योजना सार्वजनिक गर्छन्। तर यस्ता योजना फगत कागजका खोस्टा हुन्। महत्वपूर्ण पक्ष भनेको कार्यान्वयन हो।

पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि पुनः संविधानसभा निर्वाचन भयो, त्यसपछिको सरकारमा उही जिम्मेवारीको साथ वामदेव गौतम सरकारमा गएका थिए। त्यहिबेला सशस्त्र प्रहरीलाई पनि पक्राउ गर्ने अधिकार दिने भन्ने निर्णय विवादित बन्न पुग्यो। अझ तेस्रो पटक मन्त्री हँुदै गर्दा वामदेव गौतमले पछिल्लो दुई कार्यकालमा बनेको छवी सुधार्छु भनेर सार्वजनिक रुपमै भने। तर त्यही कार्यकालमा हठी र इमानदार छवी बनाएका प्रहरी अधिकृत रमेश खरेलले मलाई भेट्न आएनन् भन्ने अभिव्यक्ति दिए। यो अभिव्यक्तिले आलोचनाको ब्यारोमिटर अझ उकालो लाग्यो। 

अहिले वामदेव गौतम समाजवादको नारा जपेर हिँडेका छन्। कहिलेकाही देश विकास गर्ने योजना सार्वजनिक गर्छन्। तर यस्ता योजना फगत कागजका खोस्टा हुन्। महत्वपूर्ण पक्ष भनेको कार्यान्वयन हो। तर उनले मौका पाउँदा कस्तो काम गर्छन् भन्ने ऐना जत्तिकै छर्लंग छ। तर उनी बहालवाला प्रधानमन्त्रीलाई फकाउन हो वा आत्मरतिमा रमाएर–एक दशकमा चीनलाई भेट्ने सपना बाँड्छन्।

वामदेव गौतमले चीनको ईतिहास आफैंले पढेका छन् कि छैनन्? त्यो उनको व्यक्तिगत कुरा भयो। तर एउटा कम्युनिष्ट पार्टीमा आवद्ध वरिष्ठ नेताको हिसाबले देङ् स्याओ पिङको योजना र सन् १९७८ देखि यहाँसम्मको चीनको यात्रा पक्कै सुनेका छन्। चीन अबको एक दशक भन्दा पनि कम समयमा विश्वको पहिलो अर्थतन्त्र हुँदैछ। विधि र सँस्कारको पूर्ण विकास भइनसकेको एउटा देशले चीनलाई एक दशकमा भेट्छ भन्नु जस्तो ‘फन्टुस’ गफ के होला? हावादारी योजना सुनाएर वामदेवले आफ्नै ओजन घटाउँदै आएका छन्। उनको यस्तो गफले देश समाजवादमा पुर्‍याउँदैन तर उनलाई पेन्डुलम बनाइरहने भने निश्चित छ। 

उनको पेन्डुलम हुने यात्रा एमालेको नवौ महाधिवेशनदेखि जारी छ। उनी आठौं महाधिवेशनमा झलनाथ खनालको प्यानलमा उपाध्यक्ष लडेका थिए। झलनाथ खनालका प्रतिद्वन्द्वी थिए केपी शर्मा ओली। नवौं महाधिवेशनमा पनि ओली अध्यक्षको प्रत्यासी बने। गौतम पनि ओलीकै प्यानलबाट उपाध्यक्षको प्रत्यासी बने। महाधिवेशनअघि उम्मेदवारमध्ये गौतममा सबभन्दा बढी हौसला देखिन्थ्यो। त्यो समय उनी– धेरैचोटि माधब नेपाललाई जिताएँ, यसपालि ओलीलाई जिताउँछु – भन्ने सार्वजनिक अभिव्यक्ति दिन्थे। । उनको यो अभिव्यक्ति निस्वार्थ भने थिएन। केही सपना देखाएका थिए ओलीले। 

Ncell 2
Ncell 2

एमालेमा ओली–गौतमको विगत नियाल्दा, नवौं महाधिवेशनमा उनीहरूको गठजोड स्वार्थको मेलमात्र थियो। ओली एकपटक सर्वोच्च नेता हुन चाहन्थे, त्यसका लागि गौतम उपयुक्त सहयोगी हुन सक्थे। गौतमलाई धेरै सपना देखाए।

नवौं महाविधवेशनबाट ओली एमालेको अध्यक्ष चुनिए र वामदेव उपाध्यक्ष भए। यो वामदेवका लागि खुसीको खबर थियो। तर यो मेल र जीत दर्शन र सिद्धान्तमा आधारित थिएन। केवल निजी स्वार्थको एकीकृत परिणाम थियो। राजनीतिक मुद्धामा ओली र गौतमको धेरै पटक द्वन्द्व भएको थियो। महाकालीको मुद्धा होस् वा माओवादीलाई हेर्ने दृष्टिकोण, यिनीहरू दुवै विपरीत ध्रुबमा थिए। एमालेमा ओली–गौतमको विगत नियाल्दा, नवौं महाधिवेशनमा उनीहरूको गठजोड स्वार्थको मेलमात्र थियो। ओली एकपटक सर्वोच्च नेता हुन चाहन्थे, त्यसका लागि गौतम उपयुक्त सहयोगी हुन सक्थे। गौतमलाई धेरै सपना देखाए।

कार्यवाहक अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको, तर यो कार्यान्वयन भएन। ओलीले गौतमलाई आफू माथि जाने र टिकीरहने रणनीतिक कार्डको रुपमा मात्र प्रयोग गरे। आजकल गौतमलाई प्रयोग गर्ने पात्रमा प्रचण्ड पनि थपिएका छन्। स्वार्थको द्वन्द्वमा आफू बलियो हुन र एकअर्कालाई किनारा लगाउन दुई अध्यक्षले वामदेवलाई निरन्तर प्रयोग गर्दै आएका छन्। 

एक समय गौतमले केही नपाए नाचेर पनि सक्रिय रहने अभिव्यक्ति दिएका थिए। सक्रिय रहनु राम्रो हो। तर शारीरिक सक्रियता र राजनीतिक सक्रियता दुई फरक कुरा हुन्। राजनीतिमा सधै सक्रिय हुन राम्रो मानिँदैन। साथै राजनीतिमा सबै पहिलो हुन्छन् भन्ने छैन।

वामदेव गौतमले देशले आफूलाई प्रधानमन्त्री रुपमा देख्न चाहेको बताउँदै आएका छन्। कुनै ठूलो पार्टीको बरिष्ठ नेताले प्रधानमन्त्रीको सपना देख्नु अस्वाभाविक हैन। तर यो सपना उनले जनाधारसहितको धरातलमा देखेका छैनन्। अरुको उक्साहटमा प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन्। यसरी उकास्नेमा अहिले प्रचण्ड अगाडि छन्। तर सहज अवस्थामा प्रचण्डले वामदेवलाई प्रधानमन्त्रीको कुर्सी दिँदैनन्। त्यो पदमा आफैं विराजमान हुन्छन्। गौतमलाई प्रधानमन्त्रीको सपना देखाउने काम ओलीलाई काउन्टर दिनमात्र गरिरहेका छन्। यसका लागि वामदेवलाई सांसद बनाउने खेल सुरु भएको थियो। यही खेलमा निर्वाचित सांसदलाई राजीनामा गराएर उपनिर्वाचन लड्ने योजना बन्यो। यही योजनाअन्तर्गत काठमाडौं र डोल्पा तरंगित भयो तर कार्यान्वयन भने हुन सकेन। सांसदपछि उनलाई पार्टीको उपाध्यक्ष बनाउने चर्चा भयो। उपाध्यक्ष बन्ने भएपछि गौतम निकै हौंसिए।

तर दुई अध्यक्षको लेखाजोखा नमिलिञ्जेल यो पनि कार्यावन्यन हुने थिएन/भएको पनि छैन। किनकि पार्टीलाई आवश्यक भएर वामदेवलाई उपाध्यक्ष बनाउन लागिएको हैन। उपाध्यक्षको लालीपप पनि ओली र प्रचण्डले आफ्नो स्वार्थ सिद्ध गर्न प्रयोग गर्न खोजेको एक बाटोमात्र हो। यही कारण हो वामदेवलाई राष्ट्रियसभामा लग्न संविधान संसोधन नगर्नु। यसमा प्रचण्ड ओलीको बाचा खोटो त थियो नै, तर एक व्यक्तिका लागि संविधान संसोधन हुन्छ भनेर ठान्नु वामदेवको पनि गल्ती थियो। 

एक समय गौतमले केही नपाए नाचेर पनि सक्रिय रहने अभिव्यक्ति दिएका थिए। सक्रिय रहनु राम्रो हो। तर शारीरिक सक्रियता र राजनीतिक सक्रियता दुई फरक कुरा हुन्। राजनीतिमा सधै सक्रिय हुन राम्रो मानिँदैन। साथै राजनीतिमा सबै पहिलो हुन्छन् भन्ने छैन। कसैले हुनैपर्छ भनेर सोच्छ भने त्यस्तो राजनीतिमा धेरै सम्झौता गर्दै अघि बढ्नु पर्छ। सम्झौताको राजनीतिमा नीति तथा सिद्धान्त निलम्बीत हुन पुग्छन् र बेथिति मौलाउँछ। अब पनि वामदेवले सपना देख्नु भनेको बेथितिलाई अझ धेरै मलजल गर्नुपर्छ भन्ने नै हो। यो कुरा जति छिटो महसुस गर्छन्, उति नै राम्रो हुन्छ वामदेवका लागि। 

वामदेव आफ्नै बलबुता हैन, कसैको उक्साहटमा पहिलो व्यक्ति हुने कोशिसमा छन्। तर अरुको भरमा कसैले नेतृत्व लिन सक्दैन। आफ्नै योजना र प्रयास चाहिन्छ। अरुको उक्साहटमा सपना देख्ने नेता पहिलो हैन पेन्डुलममात्र हुन पुग्छन्।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ)
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह आइतबार, पुस १३, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ) आइतबार, पुस १३, २०८२
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने आइतबार, पुस १३, २०८२
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्