• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ओली–दाहाल द्वन्द्वमा पेन्डुलम वामदेव

64x64
नेपाल लाइभ मंगलबार, पुस २२, २०७६  १०:१५
1140x725

नेकपा नेता वामदेव गौतमले राष्ट्रियसभाको उम्मेदवार हुन अस्वीकार गरेका छन्। तर उनको अस्वीकृतिमा त्याग कम, लोभ ज्यादा झल्किएको छ। प्रधानमन्त्री हुन पाउने व्यवस्था हुने हो भन आफू राष्ट्रियसभाको सदस्य हुन तयार रहेको अभिव्यक्ति दिएर लालसा प्रकट गरे। यस्तै लालसाहरूले पार्टी राजनीतिमा वामदेव गौतम पेन्डुलम बन्दै आएका छन्।  

पदलोलुपता हाम्रो कुनै पनि राजनीतिज्ञको साझा रोग हो। सबैलाई पद नै चाहिएको छ। पद पाउने अपेक्षा आफैंमा खराब हैन, तर पद पाएपछि जीवनपर्यन्त ओगट्ने लालसाले भने विकृति निम्तिएका छन्। पदलोलुपतामा वामदेव गौतम पनि अपवाद छ्र्रैनन्। कहिलेकाँही आफ्नो राजनीतिक लालसा वामदेव गौतमले बढी नै छताछुल्ल पार्छन्। केही नेताले गौतमको यस्तो मनोविज्ञानलाई आफ्नो हितमा प्रयोग गर्दै आएका छन्। वामदेवलाई प्रयोग गरेर अघि बढ्ने नेतामा एक हुन् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली। थप राजनीतिक उचाइ हासिल गर्ने अपेक्षासहित गौतमले ओलीलाई नवौं महाधिवेसनमा साथ दिएका थिए। तर उनी चुनाव लडेर प्राप्त उपाध्यक्ष पदमै सीमित भए। पार्टी एकतामा उत्साहका साथ लागेका थिए वामदेव गौतम। तर संघीय संसदको निर्वाचनमा पराजित भए। त्यसपछि उनीको लालसालाई पकडेर पुष्पकमल दाहाल उर्फ प्रचण्ड पनि खेल्न थालेका छन्। 

वामदेव गौतम सार्वजनिक रुपमा आफूलाई ‘भिजनरी’ नेताका रुपमा प्रस्तुत गर्न खोज्छन्। तर उनले सार्वजनिक रुपमै अभिव्यक्त गरेका योजना तथा सत्तामा हँुदा गरेको कामले उनको भिजनलाई पुस्टि गर्छ। गौतम तीन पटक उपप्रधान तथा गृहमन्त्री भईसकेका छन्। पहिलो पटक गृहमन्त्री हुँदा प्रहरी महानिरीक्षक फेर्ने काममा विवादित बनेका थिए। यसले उनी विधीमा भन्दा पनि तजबिजीमा काम गर्छन् भन्ने पुष्टि भएको थियो। संविधानसभा चुनावपछि प्रचण्डको सत्तारोहण भयो। त्यो समय वामदेव पुनः उपप्रधान तथा गृहमन्त्री भए। तर उल्लेखनीय केही गर्न सकेनन्।

अहिले वामदेव गौतम समाजवादको नारा जपेर हिँडेका छन्। कहिलेकाही देश विकास गर्ने योजना सार्वजनिक गर्छन्। तर यस्ता योजना फगत कागजका खोस्टा हुन्। महत्वपूर्ण पक्ष भनेको कार्यान्वयन हो।

पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि पुनः संविधानसभा निर्वाचन भयो, त्यसपछिको सरकारमा उही जिम्मेवारीको साथ वामदेव गौतम सरकारमा गएका थिए। त्यहिबेला सशस्त्र प्रहरीलाई पनि पक्राउ गर्ने अधिकार दिने भन्ने निर्णय विवादित बन्न पुग्यो। अझ तेस्रो पटक मन्त्री हँुदै गर्दा वामदेव गौतमले पछिल्लो दुई कार्यकालमा बनेको छवी सुधार्छु भनेर सार्वजनिक रुपमै भने। तर त्यही कार्यकालमा हठी र इमानदार छवी बनाएका प्रहरी अधिकृत रमेश खरेलले मलाई भेट्न आएनन् भन्ने अभिव्यक्ति दिए। यो अभिव्यक्तिले आलोचनाको ब्यारोमिटर अझ उकालो लाग्यो। 

अहिले वामदेव गौतम समाजवादको नारा जपेर हिँडेका छन्। कहिलेकाही देश विकास गर्ने योजना सार्वजनिक गर्छन्। तर यस्ता योजना फगत कागजका खोस्टा हुन्। महत्वपूर्ण पक्ष भनेको कार्यान्वयन हो। तर उनले मौका पाउँदा कस्तो काम गर्छन् भन्ने ऐना जत्तिकै छर्लंग छ। तर उनी बहालवाला प्रधानमन्त्रीलाई फकाउन हो वा आत्मरतिमा रमाएर–एक दशकमा चीनलाई भेट्ने सपना बाँड्छन्।

वामदेव गौतमले चीनको ईतिहास आफैंले पढेका छन् कि छैनन्? त्यो उनको व्यक्तिगत कुरा भयो। तर एउटा कम्युनिष्ट पार्टीमा आवद्ध वरिष्ठ नेताको हिसाबले देङ् स्याओ पिङको योजना र सन् १९७८ देखि यहाँसम्मको चीनको यात्रा पक्कै सुनेका छन्। चीन अबको एक दशक भन्दा पनि कम समयमा विश्वको पहिलो अर्थतन्त्र हुँदैछ। विधि र सँस्कारको पूर्ण विकास भइनसकेको एउटा देशले चीनलाई एक दशकमा भेट्छ भन्नु जस्तो ‘फन्टुस’ गफ के होला? हावादारी योजना सुनाएर वामदेवले आफ्नै ओजन घटाउँदै आएका छन्। उनको यस्तो गफले देश समाजवादमा पुर्‍याउँदैन तर उनलाई पेन्डुलम बनाइरहने भने निश्चित छ। 

उनको पेन्डुलम हुने यात्रा एमालेको नवौ महाधिवेशनदेखि जारी छ। उनी आठौं महाधिवेशनमा झलनाथ खनालको प्यानलमा उपाध्यक्ष लडेका थिए। झलनाथ खनालका प्रतिद्वन्द्वी थिए केपी शर्मा ओली। नवौं महाधिवेशनमा पनि ओली अध्यक्षको प्रत्यासी बने। गौतम पनि ओलीकै प्यानलबाट उपाध्यक्षको प्रत्यासी बने। महाधिवेशनअघि उम्मेदवारमध्ये गौतममा सबभन्दा बढी हौसला देखिन्थ्यो। त्यो समय उनी– धेरैचोटि माधब नेपाललाई जिताएँ, यसपालि ओलीलाई जिताउँछु – भन्ने सार्वजनिक अभिव्यक्ति दिन्थे। । उनको यो अभिव्यक्ति निस्वार्थ भने थिएन। केही सपना देखाएका थिए ओलीले। 

nimb
nimb
Ncell 2
Ncell 2

एमालेमा ओली–गौतमको विगत नियाल्दा, नवौं महाधिवेशनमा उनीहरूको गठजोड स्वार्थको मेलमात्र थियो। ओली एकपटक सर्वोच्च नेता हुन चाहन्थे, त्यसका लागि गौतम उपयुक्त सहयोगी हुन सक्थे। गौतमलाई धेरै सपना देखाए।

नवौं महाविधवेशनबाट ओली एमालेको अध्यक्ष चुनिए र वामदेव उपाध्यक्ष भए। यो वामदेवका लागि खुसीको खबर थियो। तर यो मेल र जीत दर्शन र सिद्धान्तमा आधारित थिएन। केवल निजी स्वार्थको एकीकृत परिणाम थियो। राजनीतिक मुद्धामा ओली र गौतमको धेरै पटक द्वन्द्व भएको थियो। महाकालीको मुद्धा होस् वा माओवादीलाई हेर्ने दृष्टिकोण, यिनीहरू दुवै विपरीत ध्रुबमा थिए। एमालेमा ओली–गौतमको विगत नियाल्दा, नवौं महाधिवेशनमा उनीहरूको गठजोड स्वार्थको मेलमात्र थियो। ओली एकपटक सर्वोच्च नेता हुन चाहन्थे, त्यसका लागि गौतम उपयुक्त सहयोगी हुन सक्थे। गौतमलाई धेरै सपना देखाए।

कार्यवाहक अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको, तर यो कार्यान्वयन भएन। ओलीले गौतमलाई आफू माथि जाने र टिकीरहने रणनीतिक कार्डको रुपमा मात्र प्रयोग गरे। आजकल गौतमलाई प्रयोग गर्ने पात्रमा प्रचण्ड पनि थपिएका छन्। स्वार्थको द्वन्द्वमा आफू बलियो हुन र एकअर्कालाई किनारा लगाउन दुई अध्यक्षले वामदेवलाई निरन्तर प्रयोग गर्दै आएका छन्। 

एक समय गौतमले केही नपाए नाचेर पनि सक्रिय रहने अभिव्यक्ति दिएका थिए। सक्रिय रहनु राम्रो हो। तर शारीरिक सक्रियता र राजनीतिक सक्रियता दुई फरक कुरा हुन्। राजनीतिमा सधै सक्रिय हुन राम्रो मानिँदैन। साथै राजनीतिमा सबै पहिलो हुन्छन् भन्ने छैन।

वामदेव गौतमले देशले आफूलाई प्रधानमन्त्री रुपमा देख्न चाहेको बताउँदै आएका छन्। कुनै ठूलो पार्टीको बरिष्ठ नेताले प्रधानमन्त्रीको सपना देख्नु अस्वाभाविक हैन। तर यो सपना उनले जनाधारसहितको धरातलमा देखेका छैनन्। अरुको उक्साहटमा प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन्। यसरी उकास्नेमा अहिले प्रचण्ड अगाडि छन्। तर सहज अवस्थामा प्रचण्डले वामदेवलाई प्रधानमन्त्रीको कुर्सी दिँदैनन्। त्यो पदमा आफैं विराजमान हुन्छन्। गौतमलाई प्रधानमन्त्रीको सपना देखाउने काम ओलीलाई काउन्टर दिनमात्र गरिरहेका छन्। यसका लागि वामदेवलाई सांसद बनाउने खेल सुरु भएको थियो। यही खेलमा निर्वाचित सांसदलाई राजीनामा गराएर उपनिर्वाचन लड्ने योजना बन्यो। यही योजनाअन्तर्गत काठमाडौं र डोल्पा तरंगित भयो तर कार्यान्वयन भने हुन सकेन। सांसदपछि उनलाई पार्टीको उपाध्यक्ष बनाउने चर्चा भयो। उपाध्यक्ष बन्ने भएपछि गौतम निकै हौंसिए।

तर दुई अध्यक्षको लेखाजोखा नमिलिञ्जेल यो पनि कार्यावन्यन हुने थिएन/भएको पनि छैन। किनकि पार्टीलाई आवश्यक भएर वामदेवलाई उपाध्यक्ष बनाउन लागिएको हैन। उपाध्यक्षको लालीपप पनि ओली र प्रचण्डले आफ्नो स्वार्थ सिद्ध गर्न प्रयोग गर्न खोजेको एक बाटोमात्र हो। यही कारण हो वामदेवलाई राष्ट्रियसभामा लग्न संविधान संसोधन नगर्नु। यसमा प्रचण्ड ओलीको बाचा खोटो त थियो नै, तर एक व्यक्तिका लागि संविधान संसोधन हुन्छ भनेर ठान्नु वामदेवको पनि गल्ती थियो। 

एक समय गौतमले केही नपाए नाचेर पनि सक्रिय रहने अभिव्यक्ति दिएका थिए। सक्रिय रहनु राम्रो हो। तर शारीरिक सक्रियता र राजनीतिक सक्रियता दुई फरक कुरा हुन्। राजनीतिमा सधै सक्रिय हुन राम्रो मानिँदैन। साथै राजनीतिमा सबै पहिलो हुन्छन् भन्ने छैन। कसैले हुनैपर्छ भनेर सोच्छ भने त्यस्तो राजनीतिमा धेरै सम्झौता गर्दै अघि बढ्नु पर्छ। सम्झौताको राजनीतिमा नीति तथा सिद्धान्त निलम्बीत हुन पुग्छन् र बेथिति मौलाउँछ। अब पनि वामदेवले सपना देख्नु भनेको बेथितिलाई अझ धेरै मलजल गर्नुपर्छ भन्ने नै हो। यो कुरा जति छिटो महसुस गर्छन्, उति नै राम्रो हुन्छ वामदेवका लागि। 

वामदेव आफ्नै बलबुता हैन, कसैको उक्साहटमा पहिलो व्यक्ति हुने कोशिसमा छन्। तर अरुको भरमा कसैले नेतृत्व लिन सक्दैन। आफ्नै योजना र प्रयास चाहिन्छ। अरुको उक्साहटमा सपना देख्ने नेता पहिलो हैन पेन्डुलममात्र हुन पुग्छन्।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्