सुरुङ्गा, झापा- झापाको हल्दिबारी गाउँपालिका – ३ निवासी ६० वर्षीया छविमाया खड्काको आज करेन्ट लागेर मृत्यु भएको छ।
जंगली हात्ती भगाउन घर वरिपरि विछ्याइएको बिजुलीको नाङ्गो तारमा छुदा करेन्ट लागेको प्रहरीले जनाएको छ।
घर नजिकै बिहान मकै गोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो। उनको घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।