काठमाडौं- भिजिट नेपाल २०२० को प्रवर्द्धनका लागि थाइल्यान्डमा कार्यक्रम आयोजना गरिएको छ।
नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा एनआरएन थाइल्यान्ड सहभागी हुँदै वाकाथोन आयोजना गरिएको थियो ।
थाई एनआरएन र थाई नेपाली संघले नेपाल भ्रमण वर्ष २०२० सो कार्यक्रममा सहभागिता जनाएका थिए।
एम विके सेन्टरबाट सुरु भएको ३ किलोमिटरको वाकाथोन वाइयोकी टावरमा पुगेर अन्त्य भएको थियो।
वाकाथोनमा एनआरएनका पदाधिकारी र थाई नेपाली संघका पदाधिकारी सहभागी थिए।
नेपालमा थाइल्यान्ड, बर्मालगायत देशबाट पर्यटक भित्र्याउन वाकाथोनले सहयोग गर्ने थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।