काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) ले आसन्न राष्ट्रियसभा निर्वाचनका लागि मतदाता प्रशिक्षण कार्यक्रम चलाउने भएको छ।
पार्टीको सोमबार बसेको अध्यक्ष मण्डलको बैठकले माघ ७ र ८ गते प्रशिक्षण कार्यक्रम चलाउने निर्णय गरेको हो। कार्यक्रम महोत्तरीको बर्दिबासमा सञ्चालन गरिने बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ।
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ९ गतेका लागि तोकिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।