काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यु रोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन्।
दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। गोल गर्ने अवसर दुबै टिमले पाएपनि गोल गर्न सकेनन्।
बराबरीसँगै जावलाखेलको ५ खेलबाट २ खेलमा जित र ३ खेलमा बराबरी खेल्दै ९ अंक भएको छ। यता, एनआरटीको ५ खेलबाट ५ अंक भएको छ।
लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ। मनाङको ४ खेलबाट १० अंक छ। यता, समान खेलबाट ३ खेलमा जित र १ खेलमा बराबरी खेलेको मछिन्द्र ९ अंक बनाउँदै दोस्रो स्थानमा छ।
आजै ३ बजे मनाङ र मछिन्द्रबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।