• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा कसको मत कति?

कांग्रेसले गुमाउँदै राष्ट्रियसभा सदस्य
64x64
नेपाल लाइभ सोमबार, पुस २१, २०७६  १४:३४
1140x725

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको राष्ट्रिय सभा सदस्य संख्या घट्ने भएको छ। प्रदेश २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजपासँग गठबन्धन गरेपछि कांग्रेसका सात सदस्य घट्ने भएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९ जना, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजनाको फागुन २० मा दुई वर्षे कार्यकाल पूरा हुँदैछ। महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य समूहबाट सात जना राष्ट्रिय सभाका लागि छानिँदैछन्। 

मतभारका आधारमा कहाँ, को निर्वाचित हुँदैछन्?
प्रदेश १

प्रदेश १ मा कांग्रेस सांसद सरिता प्रसाईको कार्यकाल सकिँदैछ। सत्तारुढ नेकपाका दुई सांसदको प्रदेश १ बाट कार्यावधि सकिन लागेको छ। हरिचरण शिवाकोटी र खेमराज नेपालीका स्थानमा नेकपाले नयाँ अनुहारलाई स्थान दिने भएको छ।

कांग्रेसले दलितबाट निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यबाट राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको छ। सत्तारुढ दलबाट महिलामा इन्दु गौतम, दलितमा गोपी अछामी र अन्यमा  देवेन्द्र दाहालले प्रतिस्पर्धा गर्दैछन्। समाजवादी पार्टीले पनि प्रदेश १ मा उम्मेदवारी दिएको छ। समाजवादीबाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुन छन्। 

गत निर्वाचनमा प्राप्त सिट संख्याका आधारमा निर्वाचित हुने भएकाले प्रदेश १ मा सत्तारुढ दलको स्पष्ट बहुमत पुगेको छ। स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ र प्रदेश सभा सदस्यको ४८ मतभारका आधारमा प्रदेश ३ का तीनै सदस्य नेकपाको पोल्टामा पर्नेछन्।

नेकपाको मतभार ६ हजार २२८ छ। कांग्रेसको मतभार १ एक हजार ७२८ छ। समाजवादीको तीन प्रदेश सदस्य छन्। त्यस अनुसार समाजवादीको मतसंख्या १४४ हुन्छ।  प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका २७४ गरी ३ सय ६७ मतदाता छन्। 

प्रदेश २
प्रदेश २ मा सत्तारुढ दलले राजपासँग र कांग्रेसले समाजवादीसँग गठबन्धन बनाएका छन्। कांग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेकी मुक्ताकुमारी यादवको कार्यकाल सकिन लागेको छ। राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादवको कार्यकाल सकिँदैछ भने समाजवादीका रामप्रित पासवानको समय सकिन लागेको छ। राष्ट्रिय सभामा प्रदेश २ बाट चार जना निर्वाचित हुँदैछन्।

महिलाबाट नगिना यादव र अल्पसंख्यक÷अपाङ्गताबाट भोला पन्जियारलाई कांग्रेसले उम्मेदवार बनाएको छ। कांग्रेससँग सहकार्य गरेको समाजवादीले प्रदेश २ मा रामप्रित पासवान र अनिरुद्रसिंह यादवलाई उम्मेदवार बनाएको छ। पासवानलाई समाजवादीले दोहोर्‍याएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

सत्तारुढ दल नेकपाले महिलाबाट तुलसा दाहाल र दलितमा  राधेश्याम पासवानलाई अघि सारेको छ। राजपाले यस प्रदेशमा मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाएको छ।

प्रदेश २ मा नेकपाको मतभार ३ हजार १५० छ। कांग्रेस र समाजवादीको ४ हजार ६८० छ। यस प्रदेशमा समाजवादीको २ हजार ३१० मत छ। सत्तारुढ दलले राजपासँग सहकार्य गरेकाले उक्त गठबन्धनको पक्षमा राजपाको २ हजार १९० सहित ५ हजार ३४० छ। राजपा र नेकपाको सहकार्यले ती दुई दलका उम्मेदवारको पक्षमा बहुमत पुग्ने देखिएको छ। उक्त प्रदेशमा प्रदेशसभा सदस्यको संख्या १ सय ७ तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको कूल संख्या २ सय ७२ छ ।

प्रदेश ३ 
प्रदेश ३ मा कांग्रेसकी धनकुमारी खतिवडाको कार्यकाल सकिन लागेको छ। सत्तारुढ नेकपाबाट बलराम बास्कोटा बिदा हुँदैछन्।

प्रदेश ३ मा कांग्रेसले हरिशरण श्रेष्ठलाई अन्य र छलीकुमारी शर्मा उपाध्यायलाई  महिलाबाट उम्मेदवार बनाएको छ। कांग्रेस उम्मेदवारसँग महिलामा गंगा  बेलवासे र  अन्यमा बेदुराम भुसाल नेकपाबाट भिड्दैछन्।

प्रदेश ३ मा मतभार कांग्रेसको २ हजार २१४ र ६ हजार ८७६ छ। यस प्रदेशमा स्थानीय तहको संख्या १ सय १९ रहेकाले स्थानीय तहबाट २ सय ३८ जना र प्रदेशसभा सदस्य ११० गरी ३४८ जना कूल मतदाता छन्।

मतभारका आधारमा कांग्रेसभन्दा नेकपा धेरै माथि रहेकाले महिलाबाट बेलबासे र अन्यबाट उम्मेदवारी दिएका नेकपा स्थायी समिति सदस्य भुसालको जीत निश्चित छ।

गण्डकी प्रदेश
कांग्रेस सांसद सुरेन्द्रराज पाण्डे र विन्दादेवी आलेको कार्यकाल पुरा हुँदैछ। दुई उम्मेदवारका लागि हुने निर्वाचनमा कांग्रेसले अन्यबाट सूर्यप्रसाद रेग्मी र महिलाबाट विमला गौचनलाई उम्मेदवार बनाएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेसका उम्मेदवार रेग्मीसँग प्रतिस्पर्धा गर्नेछन भने गौचनले नेकपाकी उम्मेदवार भगवती न्यौपानेसँग प्रतिस्पर्धा गर्नेछिन्। 

प्रदेश ४ मा कांग्रेसको २ हजार १७८ मतभार छ। नेकपाको ३ हजार ३४८ छ। गण्डकीबाट कार्यकाल सकिएका कांग्रेसका दुवै पद गुम्ने भएको छ। प्रदेशसभा सदस्य ६० र स्थानीय तहका १७० गरी कूल मतदाताको संख्या २३० छन् । 

प्रदेश ५
कांग्रेसबाट प्रदेश ५ बाट दुर्गाप्रसाद उपाध्याय बाहिरिन लागेका छन्। नेकपाबाट मीना बुढा र राजकुमार कुँवर पनि राष्ट्रिय सभाबाट बाहिरिन लागेका छन्।बा लकृष्ण पाण्डेलाई अन्यबाट,  गिरिजा न्यौपानेलाई महिलाबाट र मेराज हलवाईलाई अल्पसंख्यक÷अपाङ्गताबाट कांग्रेसले उम्मेदवार बनाएको छ। प्रदेश  ५ नेकपाबाट महिलामा  विमला घिमिरे, अन्यमा गोपाल भट्टराई र अपाङ्गमा जगप्रसाद भट्टराई उम्मेदवार बनेका छन्। समाजवादीले समेत उम्मेदवार बनाएको छ। समाजवादीबाट कृष्णप्रसाद यादव उम्मेदवार बनेका छन्।

प्रदेश  ५ बाट खाली हुने ३ पदमा समेत नेकपाका उम्मेदवार विजयी हुने देखिएको छ। यस प्रदेशमा कांग्रेसको २ हजार ६४, समाजवादीको ९६ र नेकपाको ५ हजार २८६ छ। कांग्रेसभन्दा दोब्बर बढी मत रहेकाले नेकपाका तीन प्रदेश सदस्य यहाँबाट निर्वाचित हुनेछन्। प्रदेश ५ मा  प्रदेश सदस्यको संख्या ६० तथा स्थानीय तहबाट २ सय १८ गरी कुल ३ सय ५ मतदाता छन् ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट नेकपाका युटोल तामाङ र कालीबहादुर मल्ल राष्ट्रिय सभाबाट बाहिरिने भएका छन्। यहाँ कांग्रेसले डिल्लीराम पाठक र सावित्री पौडेललाई उम्मेदवार बनाएको छ भने नेकपाले मायाप्रसाद शर्मा र सुनिता विसीलाई उम्मेदवार बनाएको छ।
दुई जनाका लागि हुने निर्वाचनमा नेकपा नै हाबी देखिएको छ। कांग्रेसको भन्दा नेकपाको मत झण्डै छ गुणा बढी छ। कांग्रेसको १ हजार २६ मत हुँदा  नेकपाको ६ हजार १८ छ। प्रदेशसभा सदस्य ४० र स्थानीय तहका १ सय ५८ गरी कूल १ सय ९८ मतदाता छन्। गण्डकी प्रदेशका दुबै उम्मेदवार नेकपाका विजयी हुने निश्चित छ।

सुदूरपश्चिम प्रदेश
कांग्रेसका बद्री पाण्डे र नेकपाकी कमलाकुमारी ओलीको राष्ट्रिय सभा पदावधि सकिएको छ। खाली दुईको स्थानमा कांग्रेसले प्रताप ठगुन्ना र  तुलसी देवकोटालाई उम्मेदवार बनाएको छ। नेकपाले तारामान स्वाँर र शारदा भट्टलाई चुनावी मैदानमा उतारेको छ।

कांग्रेसले सुदूपश्चिमबाट राष्ट्रिय सभाबाट बाहिरिएका पाण्डेको स्थानमा प्रताप ठगुन्नालाई विजयी गराउन सम्भव देखिँदैन। कांग्रेसको पक्षमा १ हजार ९०८ छ भने नेकपाको ३ हजार ७०८ मत छ। प्रदेशसभा सदस्यको संख्या ५३ र स्थानीय तहबाट मतदाता हुने संख्या १७६ छन्। यस प्रदेशमा स्थानीय तहको संख्या ८८ छ।


 


 

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्