• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत ३, २०८२ Tue, Mar 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रतिरोधको प्रेरणा स्रोत : जेएनयू

64x64
नेपाल लाइभ सोमबार, पुस २१, २०७६  १४:३०
1140x725

मलाई जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)को विद्यार्थी (असफल) हुँ भन्दा गर्व लाग्छ। जेएनयूसँग जोडिएर गर्विलो महसूस गर्नुपर्ने धेरै कारण छन्। कुनै डिग्री लिन नसकेर निराश फर्के पनि त्यहाँ बस्दा पढेका किताब, गरेका संगत, पाएको वातावरण, सुनेका लेक्चर, सहभागी भएका प्राज्ञिक गतिविधिले अद्यापी मलाई बौद्धिक ऊर्जा दिन्छन्। जेएनयू बसाइबारे मेरा केही संस्मरण प्रकाशित छन्। तिमध्ये मैले आफूलाई ‘झेलम ३४७’ मा राम्रोसँग व्यक्त गरेको छु भन्ने लाग्छ।

जेएनयू विश्वको सबैभन्दा उत्कृष्ट विश्वविद्यालय होइन। उत्कृष्टताको बजारु मापनका आफ्नै समस्या छन्। यो विश्वविद्यालय स्वयंले त्यस्तो आत्मरति खासै गर्दैन पनि। भारतीय लोकतन्त्रपछि स्थापित लोकतान्त्रिक संस्थाहरुमध्ये एउटा सुन्दर संस्था भने पक्कै हो। त्यसो भन्नमा यो विश्वविद्यालयका विद्यार्थीले गर्व गर्छन्। कुनै पनि संस्था समस्यारहित हुँदैनन्, खोज्न थाले जेएनयूका पनि अनेकानेक कमजोरीहरु देखिनेछन्। तथापि भारतको विविधतालाई यो विश्वविद्यालयले वरण गरेको छ। जातीय, क्षेत्रीय, लैंगीक, वैचारिक विविधता यहाँ देख्न सकिन्छ।

कतिपयले बुझे जस्तो केवल रातो रंगले मात्रै होइन, विचार एवं बहसका अनेक रंगले सजाइएको थियो जेएनयू। भारतीय जनता पार्टी (भाजपा) सरकार र जेएनयू नेतृत्वले जेएनयूको गेरुवाकरण चाहेको छ। उसको त्यो प्रयत्न सफल हुन सजिलो छैन। कारण, जेएनयूका विद्यार्थी र शिक्षकहरु यो संस्थाको गरिमा बचाउन संघर्षरत छन्। चुपचाप सबै ताण्डव हेरेर बसेका छैनन्। आफ्नो कुत्सित प्रयत्न सफल हुन नसकेकोमा क्षुब्ध हुँदै भाजपाले निहत्था विद्यार्थी र शिक्षकमाथि भौतिक आक्रमण सुरु गरेको छ। किस्ता किस्तामा आतंक सृजना गरेर आम मानिसलाई जेएनयू संस्थाप्रति भयग्रस्त बनाउन खोजेको छ।

सके कब्जा गरेर सिंगो संस्थालाई हिन्दुत्ववादी बनाउने, नसके चरम विद्रुप बनाइदिने ताकि कसैले त्यहाँ जाने सपना नदेखुन्– भाजपा नेतृत्वको उद्देश्य स्पष्ट छ। भारतीय समाजलाई लोकतान्त्रिक बनाउनुपर्छ भन्ने जोकोही विद्यार्थीलाई देशद्रोही करार गरिएको छ। खुला चिन्तन गर्ने जोसुकै शिक्षक त्यस्तै आरोप र लाञ्छनाका सिकार भएका छन्। मोदी–सत्ताको धेरै आलोचना नगर्ने विद्वानहरु समेत पछिल्लो आक्रमणबाट दिक्क भएको बुझ्न सकिन्छ।

पछिल्लो पटक जेएनयू पुग्दा नै जेएनयूले आघात बेहोर्न थालेको महसुस भएको थियो। साबिक अवस्थामा हरेक साँझ जेएनयूका प्राय सबै ढाबा चलायमान देखिन्थे। समूह समूहमा बसेका विद्यार्थीहरु राजनीतिदेखि संस्कृतिसम्म, किताबदेखि सिनेमासम्म, धर्मदेखि प्रविधिसम्मका अनेक विमर्श गरेर चिया पिएको दृष्य यसै मनोरम देखिन्थ्यो। त्यसरी गफिएका बेला विभिन्न अध्ययन समूहका वा राजनीतिक संगठनका विद्यार्थीहरु त्यही बेलुका आयोजना गरिने प्रवचन कार्यक्रमका सेता पर्चा बोकेर आइपुग्थे। तिनै विद्यार्थीको निम्तोमा मैले बेलुका खाना खाइसकेपछि मेसमा बसेर शशि थरुरदेखि अरुन्धती रोयसम्म, आनन्द तेलतुम्बडेदेखि आशिष नन्दीसम्मलाई प्रत्यक्ष सुन्ने मौका पाएको थिएँ।

Ncell 2
Ncell 2

तर, पछिल्लो पटक म पुग्दा जेएनयूको हरियो फाँटमा मोदी–सत्ताको घुर्मैलो छाया परिसकेको थियो। त्यस्ता कार्यक्रम आयोजना गर्न विद्यार्थीलाई हतोत्साहित तुल्याइएको थियो।

म अन्तिम पटक त्यहाँ जाँदा विद्यार्थीले भित्तामा टाँसेका पुराना पोष्टर खुइलिन थालेका थिए। गजानन माधव मुक्तिबोधको कविता खुइलिएको थियो, बिआर अम्बेडकरको भनाई मेटिन थालेको थियो। नयाँ पोष्टर लगाउने ऊर्जा र जाँगर पनि विस्तारै कम भएछ कि जस्तो भान परेको थियो। केही महिनाअघि मात्र जेएनयूको सौन्दर्य प्रष्फुटित गर्ने ती सबै चित्रहरु निकाल्न आदेश भएको खबर पढेँ। म विश्वविद्यालयमा पुगेको पहिलो त्यही भित्तोमा पढेको एक पंक्ति वाक्य मेरो मस्तिष्कमा छापिएकै छ– ‘इफ पोलिटिक्स डिसाइड्स युर फ्युचर, डिसाइड व्हाट युर पोलिटिक्स सुड बि!’ अर्थात, राजनीतिले तिम्रो भविष्य निर्धारण गर्छ भने, तिम्रो राजनीति के हुने, निधो गर।

भित्तो चिल्याउने निर्णय विद्यार्थीको राजनीतिकरण गर्ने प्रक्रिया अवरुद्ध गर्ने प्रयत्न हो।

जेएनयूका रंगीन पर्खाल र त्यहाँको जीवन्त वैचारिक घर्षणबाट प्रेरित भएर मैले मेरो राजनीति निर्धारण गरेको हुँ। म लोकतन्त्र र समताको पक्षमा छु। चाहे विकास र समृद्धिका नाममा होस वा राष्ट्रवादका नाममा, लोकतन्त्र र समताको खिलाफमा गरिने राजनीतिको म विरोध गर्छु। चाहे भारतमा होस् वा चीनमा, अमेरिकामा होस् वा रुसमा, लोकतन्त्रद्वेषी शासनको आलोचना गर्छु। यस्तो पक्षधरतामा म एक्लो छैन, यस्तो महसुस गर्न पनि म जेएनयूका ती दिन सम्झिरहन्छु।

भारतलाई फासिवादबाट जोगाउने अभियानमा जुटेका सबै युवा जेएनयूलाई सम्मान गर्छन्, त्यसले कायम राखेको प्रतिरोधी चेतनाबाट प्रेरित हुन्छन्। नेपालमा समेत फासिवादका संकेत देखिन थालेका छन्। 'नेपाल साप्ताहिक'ले आफ्नो सम्पादकीयमा प्रयोग गरेको ‘नियन्त्रित गणतन्त्र’ आँफैमा त्यही संकेतको नरम अभिव्यक्ति हो। प्राध्यापक चैतन्य मिश्रहरुले ओली–सत्ताका आलोचकलाई शब्दको फुर्मस गरेको वा ज्यादा नकारात्मक भएको आरोप लगाए पनि, नेपाललाई फासिवादमा जाकिन नदिन सचेत प्रयत्न थाल्ने बेला भइसकेको छ। जेएनयूमा भएको भाजपा–आक्रमणलाई डटेर सामना गरिरहेका विद्यार्थीबाट प्रतिरोधको प्रेरणा लिनु श्रेयस्कर हुन्छ।

प्रसाईको ब्लगमा प्रकाशित

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी
काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी
रास्वपाका नवनिर्वाचित सांसदकाे अभिमुखीकरण आजदेखि
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी मंगलबार, चैत ३, २०८२
रास्वपाका नवनिर्वाचित सांसदकाे अभिमुखीकरण आजदेखि मंगलबार, चैत ३, २०८२
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, चैत ३, २०८२
मातृभूमि सम्झेर लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा सोमबार, चैत २, २०८२
स्वास्थ्य बीमा अब राष्ट्रिय परिचयपत्रसँग जोडियो, सेवा प्रवाह डिजिटल र सुरक्षित हुने सोमबार, चैत २, २०८२
सुनको भाउ बढ्दा चाँदीको घट्यो सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्