काठमाडौं– भारतमा उपचाररत अवस्थामा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरिरलाई आज नेपाल ल्याउने तयारी गरिएको छ।
नेपालमा रहँदा माइल्ड स्ट्रोक भएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएकाे थियाे। २ वर्ष अगाडि प्रत्याराेपण गरिएकाे मिर्गाैलाले काम गर्न छाेडेपछि थप उपचारका लागि भारत लगिएकाे हाे।फागुन ६ गते दिल्ली लगिएका खड्काको हिजो एपोलो अस्पतालमा साँझ निधन भएको थियो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अहिले अस्पताल प्रशासनमा कागजात मिलाउने प्रक्रिया चलिरहेको बताउदै साँझसम्म काठमाडौं ल्याईने बताए। लगत्तै खड्काको पार्थिव शरिरलाई उनकै सानेपास्थित घरमा राखिनेछ।
प्रवक्ता शर्माले खड्काको पार्थिव शरिरलाई भोली बिहान ९ बजे सानेपास्थित कांग्रेस पार्टी केन्द्रिय कार्यालयमा राखिने बताए। पार्टी केन्द्रिय कार्यालयमै नेता कार्यकर्ताले खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्नेछन्।
खड्काको पार्थिव शरिरलाई भोली अपरान्ह आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कांग्रेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।