काठमाडौं– महानगरीय प्रहरी कार्यालय रानिपोखरीले प्रहरी आचरण विरुद्धको कारबाही गर्न एक टोली बनाएको छ।
कार्यालयका एसपी रेवती ढकालको कमाण्डमा ५ सदस्यीय टोली सोमबार गठन गरिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। आर्थिक अनियमितता शून्य सहनशीलता, प्रहरी आचरण तथा व्यवहारको मुल्याकंन, आन्तरिक र बाह्यसम्बन्ध र समन्वयको अवस्थालगायतका बारेमा एसपी ढकालको टोलीले अध्ययन गरी कारबाही गर्नेछ।
प्रहरी पोशाककाे प्रयोगमा चुस्तदुरुस्ताको मूल्याकंन, मानवअधिकार संरक्षण, बालबालिका, जेष्ठ नागरिक तथा फरक क्षमताका नागरिकप्रति प्रहरीको व्यवहारका बारेमा पनि ढकालको टोलीले अनुगमन गरी कारबाही गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।