काठमाडौं– नेपाली कांग्रेसले प्रदेश १ बाट चयन हुने राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन दर्ता गरेको छ। पार्टी कार्यालयबाट केन्द्रीय सदस्य डा डिला संग्रौलाको नेतृत्वमा गएको जुलुसले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएको नेतृ डा संग्रौलाले जानकारी दिइन्।
कांग्रेसले प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यका लागि ३ उम्मेदवार बनाएको छ। दलिततर्फ निरबहादुर विश्वकर्मा, महिलातर्फ मिना पुलामी मगर र अन्यबाट राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाइएको छ। विश्वकर्मा पाँचथर,पुलामी मगर सुनसरी र घिमिरे झापा जिल्लाका हुन्।
राष्ट्रिय सभाको निर्वाचन माघ ९ मा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।