काठमाडौं– दुई भारतीय नागरिक आइतबार अवैध सुन र हिरासहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्। ६०० ग्राम सुन र २२२ ग्राम हिरा मलद्वारमा लुकाएर ल्याएको अवस्थामा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा तमिलनाडुका साथाथली मोहमद मिदिन र नौसाद कोट्टाकुथ किजाकिजिल छन्। उनीहरु दुबईबाट आएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।