काठमाडाैं- गृहमन्त्री रामबहादुर थापा 'बादल' ६ दिने चीन भ्रमणकाे क्रममा आज बेईजिङ प्रस्थान गरेका छन्।
चीनकाे पब्लिक सेक्युरिटी मिनिस्ट्रीकाे निमन्त्रणमा उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
भ्रमणकाे क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ।
मन्त्रीको टाेलीले चीनकाे बेइजिङ, साङ्घाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेकाे छ।
टाेलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा, प्रहरीका डिआइजी सूर्यप्रसाद उपाध्यायलगायत सहभागी छन्।

गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।