काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक आइतबार बस्दै छ। बैठक बिहान ९ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्न लागेकाे हाे।
यसैबीच पुस २३ का लागि तय भएकाे नेकपाकाे केन्द्रीय कमिटी बैठक सार्ने तयारी भएकाे छ।
राष्ट्रियसभाको निर्वाचनकाे तयारी गर्नुपर्ने भएकाले बैठक सार्नुपर्ने देखिएकाे नेकपा स्राेतले जनाएकाे छ। आजकाे सचिवालय बैठकले बैठक सार्ने/नसार्ने विषयमा आवश्यक निर्णय लिने बताइएकाे छ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।
गत पुस ६ गते सकिएको स्थायी कमिटी बैठकले पुस २३ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।