एजेन्सी- भारतीय क्रिकेटर इरफान पठानले क्रिकेटका सबै फर्मेटबाट अवकास लिने घोषणा गरेका छन्। १२ डिसेम्बर २००३ मा पहिलो पटक भारतीय क्रिकेट टोलीका लागि खेलेका पठानले शनिबार एक पत्रकार सम्मेलनमा यो घोषणा गरेक हुन्।
सन्यासकाे घोषणा गर्दै उनले सचिन तेन्दुलकर र सौरभ गांगुली जस्ता उत्कृष्ट खेलाडीहरुसँग खेल्ने अवसर पाएकोमा खुसी व्यक्त गरे। उनले आफ्ना प्रशंसकहरु र पूर्व साथीहरुलाई धन्यवाद पनि दिए।
'मैले पहिले सन्यासकाे घोषणा गरिन किनकि म जम्मु कश्मीरकाे लागि क्रिकेट खेल्दै थिएँ। मैले उनीहरुलाई प्रशिक्षण पनि दिइरहेको थिएँ। अब म ३५ बर्षको भएँ। म खेलबाट टाढा रहन चाहन्छु। तर क्रिकेट खेलाडीहरुसँगको सम्बन्ध भने रहिरहने छ।' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।