काठमाडौं- अवैध सुन आयात गर्न खोज्ने दुई भारतीय नागरिक पक्राउ परेका छन्।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई पक्राउ गरिएको हो।
‘फ्लाइ दुवई’को उडान नम्बर ‘एफजेड-५७५’ द्वारा दुवईबाट काठमाडौं आएका पर्वेज मुसर्रफ (राहदानी नम्बर- आर-२६५३२५३) र मोहम्मद मुत्तलिब (राहदानी नम्बर- टी-१४८८९७९)लाई विमानस्थलको आगमन कक्षबाट पक्राउ गरिएको हो।
पर्वेज मुसर्रफको साथबाट प्लाष्टिकले बेरी मलद्वारमा लुकाएर राखेको अवस्थामा ९ सय ग्राम केमिकल तथा पानी मिश्रित सुन र मोहम्मद मुत्तलिबको साथबाट पनि प्लास्टिकले बेरी मलद्वारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा ४ सय ४८ ग्राम केमिकल र पानी मिश्रित सुन बरामद गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।