धनगढी– भारतीय राजदूत मन्जिव सिंह पुरीले बिहीबार प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेट गरेका छन्।
राजदूत पुरीले मुख्यमन्त्रीको कार्यकक्षमा दिउँसो करिब आधा घण्टा शिष्टाचार भेटवार्ता गरेका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा राजदूत पुरीले भारतसँग जोडिएका प्रदेश ७ का नाकाहरुलाई थप व्यवस्थित गरी सुचारु गर्ने तथा अन्य आवश्यक नाका खुलाउन भारतको केन्द्र सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
भेटका अवसरमा राजदूत पुरीले भारत सरकारको सहयोगमा प्रदेश ७ मा सञ्चालनमा रहेका विकास परियोजनालाई द्रुत गतिमा अगाडी बढाउने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।