काठमाडौ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको याट्खा बसन्तपुरस्थित निवासमा संस्थापन इतरपक्षका विद्यार्थी नेताहरु भेला भएका छन्।
भेलामा नेविसंघका पौडेल र सिटौला पक्षका पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो।
नेविसंघको आगामी रणनीति र पार्टी भित्रको आन्तरिक गतिविधिका विषयमा छलफल गर्नका निम्ति भेलाको आयोजना गरिएको मनोजमणि आचार्यले जानकारी दिए।
भेलालाई सम्बोधन गर्दै जोशीले पार्टीभित्रको वर्तमान अवस्था,कम्युनिस्टको सरकारले लोकतान्त्रिक व्यवस्था र जनताको भावनामाथि प्रहार गरिरहेको अवस्थामा एकजुट भएर आन्तरिक र बाह्य लोकतन्त्रलाई मजबुत बनाउन लाग्न विद्यार्थी नेताहरूलाई निर्देशन दिए।
त्यसैगरी पार्टीलाई सशक्त र चुनौतीको सामना गर्न सक्ने,भावनात्मक एकताबद्ध र जनतालाई भविष्यको निश्चिन्तता दिनसक्ने पार्टी बनाउने अभियानमा लाग्नसमेत विद्यार्थी नेताहरूलाई निर्देशन दिएका थिए।
भेलामा आगामी जिल्ला सभापति सम्मेलन सफलताका निम्ति लाग्न र विद्यार्थी एकतालाई बलियो बनाउन छलफल भएको सहभागीले बताए।
भेलामा काङ्ग्रेस नेता जोशीसहित ,पूर्वअध्यक्ष महेन्द्र शर्मा, विद्यार्थी संघका पूर्वमहामन्त्रीहरु गजेन्द्र कार्की, मनोजमणि आचार्य, प्रतिमा गौतम, कुन्दनराज काफ्लेलगायत पूर्व उपाध्यक्षहरु क्षितिज भण्डारी, डिल्लीराम सुवेदी, नवीन राई, सागर परियार‚ पूर्वसहमहामन्त्री, पूर्व कोषाध्यक्ष, पूर्व केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको विद्यार्थी नेता सुशान्त आचार्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।