काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभाका लागि आफ्ना १६ उम्मेदवारको नाम टुङ्गो लगाएको छ।
शनिबार साँझ कर्णाली प्रदेशका उम्मेदवारको टुंगो लगाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
यसअघि कर्णाली प्रदेशभन्दा बाहेकका ६ प्रदेशबाट उम्मेद्वारको नाम छनोट गरेको थियो।
आगामी माघ ९ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार हुने मनोनयन दर्ताका लागि कांग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको हो।
यसअघि नै नेकपाले राष्ट्रियसभाका उम्मेदवारको छनौट गरेको थियो।
राजपाले पनि शनिबार नै राष्ट्रिय सभाका लागि उम्मेदवारको टुंगो लगाएको छ।
यी हुन् कांग्रेसले टुंगो लगाएका उम्मेदवार
प्रदेश-१
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य
प्रदेश-२
१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक/अपाङ्गता
प्रदेश-३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला
गण्डकी प्रदेश
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला
प्रदेश-५
१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक/अपाङ्गता
कर्णाली प्रदेश
१. डिल्लीराम पाठक (सुर्खेत) अन्य
२. सावित्री पौडेल (सुर्खेत) महिला
सुदूरपश्चिम प्रदेश
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला
(फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।