एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सेना प्रमुखको हत्यालाई ‘युद्धको सुरुवात नभई समाप्ति भएको’ दाबी गरेका छन्।
शुक्रबार मारालागोमा पत्रकार सम्मेलन गर्दै उनले सुलेमानीविरुद्ध इराकबासी अमेरिकीहरूको हत्याको योजना बनाएको आरोप लगाएका थिए।
उनले पत्रकारहरूसँग‚ ‘गएराति भएको आक्रमण युद्ध रोक्नका लागि थियो। युद्धको सुरुवातका लागि होइन‚’ भन्दै आफ्नो बचाउ गरेका छन्।
अमेरिकीविरुद्ध भएको ज्यादतीलाई कदापि सहेर नबस्ने भन्दै उनले सुलेमानीले आफ्ना नागरिक विरुद्ध योजना बुनेको थाहा पाएपछि सो आक्रमण गरेको बताएका थिए।
यो पनि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।