एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानीले इराकमा रहेका अमेरिकीहरूलाई मार्ने योजना बनाएको दाबी गरेका छन्।
अमेरिकाले शुक्रबार सुलेमानीको मृत्यु हुनेगरी इराकको बग्दादमा हवाई आक्रमण गरेको थियो।
उनको मृत्युको चौतर्फी विरोध भएपछि ट्रम्प र उनका कुटनीतिक सल्लाहकार माइक पम्पेओले सोलेमानीले इराकमा बस्दै आएका अमेरिकीहरूलाई मार्ने योजना बनाइरहेको दाबी गरे। यद्यपि उनीहरुले त्यस विषयमा थप विवरण भने खुलाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।