• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपाली हुने सौभाग्य मलाई छ कि नाइँ?

64x64
नेपाल लाइभ शनिबार, पुस १९, २०७६  १९:२१
1140x725

आफ्नै मुलुकमा अनागरिक भएर बाँच्नुको पीडा सायदैले बुझ्छन्। सन्देहको आँखाले हेरिने हामी मधेसीहरूलाई आफ्नै मुलुकले कहिले बुझ्ला? हामीलाई मान्छेकै आँखाले मान्छेकै दर्जामा राखेर कहिले हेर्ला?

त्यसैले बेला बेलामा स्वयम्‌लाई प्रश्न गर्छु- आफ्नै देशमा नेपाली हुन अझै कति वर्ष लाग्छ मलाई?

हुन त धेरै यात्राहरूमा मैले निलिसकेको छु- विभेदले सल्काएको आगो।

तापनि यो विभेदविरुद्ध बोल्नैपर्छ। आवाज घन्काउनै पर्छ।

जोड्न चाहन्छु केही प्रसंग।

शुक्रबारको दिन। हेटौंडाबाट काठमाडौं यात्रामा निस्कनु थियो। टिकटको लागि हेटौंडाको टाटा सुमो स्ट्यान्डमा गएँ। टिकट काउन्टरमा एक युवक बसेका थिए। हेर्दा उमेरले म भन्दा भाइ नै थिए।

पहाडी मूलका ती युवकले आफ्नो लबज बिगार्दै मसँग हिन्दीमा कुरा गर्न थाले। मलाई उनको संवाद अस्वभाविक र विभेदपूर्ण लाग्यो। असहज लागेर मैले भनें, 'भाइ, म नेपालकै नागरिक हुँ। मलाई नेपाली मज्जाले बोल्न आउँछ। किन हिन्दीमा कुरा गरेको?'

उनी केही अन्कनाए जस्तो गरे।

nimb
nimb
Ncell 2
Ncell 2

'ए भैया! गाडीमा बस्नुस्,' त्यतिकैमा बस चालकले मलाई भने।

मलाई असहज महसुस भइरहेको थियो। फेरि काउन्टरका ती टिकट काट्ने युवकले थपे, 'किन टेन्सन लिनुभएको। यो गाडीको बीचमा बस्ने तपाईंकै जातका तीन जना छन्।'

जात?

मान्छेले मान्छेलाई मान्छे नदेख्ने कस्तो जात? के मधेसी समुदाय पैतालाको धुलो हो? उनको व्यवहार र हामीलाई हेर्ने आँखाले मनमा बेस्सरी घोच्यो।

दिमागमा प्रश्न उब्जियो, 'यो जुनीमा आफ्नै देशको नेपाली हुने सौभाग्य मलाई प्राप्त हुन्छ कि नाइँ?'

मलाई लाग्यो, 'नेपालमा जन्म लिएर नेपाली नागरिकता प्राप्त गरेर मात्र नेपाली हुन नसकिने रहेछ मेरो देशमा!'

मनको एक कुनामा सधैं लागिरहन्छ, 'भैयाबाट भाइ र हिन्दीबाट नेपाली कहिले हुने हो कुन्नी?'

शुक्रबार यही बह स्टाटसको रुपमा फेसबुकमा पोष्ट गरेँ। मन अलिक सन्तोक भयो। कसैलाई बदनाम गराउने आशयले लेखेको पनि होइन। आफ्नो अभिव्यक्ति पोख्ने माध्यम थियो, फेसबुक। त्यसको सहायता लिएको मात्र हुँ।

म त केही पढेलेखेको छु। आफ्नो कुरा प्रष्ट भन्न र लेख्नसक्छु। एउटा जागिरमा बाँधिएको छु। मैले त यो किसिमको अपमान भोग्न बाध्य छु भने सोचौं त देशमा लाखौं मधेसी नेपाली जो निरक्षर छन्। जो नेपालीसमेत त्यति प्रष्टसँग बोल्न जान्दैनन्, उनीहरूको आर्थिक र सामाजिक अवस्था कमजोर छ।

उनीहरूले झन् कति पीडाबोध गर्छन् होला?

विभिन्न भूगोलमा जाँदा बोली र व्यवहारमा मधेशीहरूप्रति सम्मान गर्नेहरू मैले कमै भेटेको छु।

'भैया, मदिसे, इन्डियन' लगायतका शब्द व्यवहारबाट मधेसी समुदाय सधैं पीडित छ।

यस्तो सोच, चेतना र मानसिकताको अन्त्य हुन जरुरी छ। त्यसका लागि हामी सबै नेपालीले आफ्नो र सरकारी स्तरबाट सिर्जनात्मक पहल गर्न ढिला गर्नुहुँदैन। एकता नै ठूलो बल हो भन्ने कुरा हामीले बिर्सनुहुन्न। नत्र मुलुकमा द्वन्द्वको अवस्था सधैं आइरहनेछ। जसले मुलुक नै कमजोर हुँदै जान्छ।

राज्यले पनि त्यो सोचिदिनुपर्छ। मधेसीहरूलाई सधैं सीमान्त बनाएर, कानुन र अधिकारका जस्ता कुरामा विभेद गरेर सकारात्मक परिवर्तन सम्भव छैन।

विभेदले प्रतिशोधको भावना पैदा गर्छ। अब त्यस्तो नहोस् भन्ने एउटा आशाको बत्ती मनमा बालेको छु।

मेरो हकमा मलाई कसैले नेपाली हैनस् भन्नु वा त्यही किसिमको व्यवहार गर्नु त्यो संकोचित मानसिकताको उपज हो। म यही देशमा जन्मेको नागरिक। हुर्केँ, पढे र नागरिकता पाएँ। यही देशको औपचारिक र वैधानिक पहिचान पाएको छु।

नेपालबाहिर जुनसुकै देशमा गए पनि मेरो पहिचान नेपाली नै हो। त्यहाँ मलाई मधेसी वा मैथिली भन्दा पहिले नेपाली भनेर चिनिन्छ। यहाँसम्मकी म बाल्यकालमा भारतमा रहेको मामाघर जाँदा मेरो मामाले मलाई नेपलीया भनेर मायाले बोलाउनुहुन्थ्यो।

मैले कसैको अगाडि मैले आफूलाई आफनो राष्ट्रियताको प्रमाण दिइराख्न जरुरी ठान्दिनँ। किनकि म मेरो देशप्रति त्यही माया, प्रेम र सम्मान गर्दछु। जसरी भगवान रामले आफ्नो अयोध्याप्रति गर्दथे।

उनी वनबास गए पनि अयोध्यालाई आफनो हृदयमा राखेर गएका थिए।

नेपाली पछिमात्र मेरो पहिचान मधेसी हो र मैथिली हो। म मेरो देशको मधेशी नेपाली हो। म आफूलाई मधेशी नेपाली, मैथिल नेपालीको पहिचान गौरवसाथ दिनसक्छु। मैले पहाडी समुदायका नेपालीप्रति सदैव सम्मान गर्न सक्छु। उनीहरूलाई सधैं आफ्नो सोच्न सक्छु।

त्यसैले त मुलुकमा मधेसी नेपाली र पहाडी नेपालीबीच समानता, सद्भाव र एकता अपरिहार्य छ। देशको प्रगति, शान्ति र समृद्धिको लागि पनि यसको विकल्प छैन।

देशमा थुप्रै राजनीतिक आन्दोलन, सहमति र त्यसका आधारमा सत्ता सञ्चालन भए जसले केही हदसम्म सकारात्मक परिवर्तन गराउन सफल भए पनि।

तर तीतो यर्थाथ यो पनि हो कि हाम्रो देशसँगै प्रजातिन्त्रक व्यवस्थामा प्रवेश गरेका विभिन्न देश आज जुन विकास र प्रगतिको शिखरमा पुगेका छन्, तिनको तुलनामा हामी निकै पछाडि छौं। कारण विभिन्न होलान्। तर राष्ट्रिय एकता मजबुत नहुनु पनि एक महत्वपूर्ण कारण हो।

मसित हिजो जुन व्यवहार भयो त्यो न त मेरो लागि पहिलो पटक थियो न त आम मधेशी नेपालीसित नै। यो त मलगायत लाखौं मधेसी नेपालीले प्रत्येक दिन भोगिरहेको अवस्था हो। देशमा राजनीतिक तथा संवैधानिक परिवर्तनपछि पनि व्यवहार परिवर्तन नहुनु पीडादायी कुरा हो।

मलाई त्यस्तो व्यवहार गर्ने उनीहरूप्रति कुनै आक्रोस छैन।  बरु चिन्ता छ कि हामीले देशमा राजनीतिक परिवर्तन तथा व्यवस्था परिवर्तन त ठूलै गर्यौं तर चेतनास्तर र सोचमा परिवर्तन ल्याउने कार्यमा चुक्यौं।

विषेशतः पहाडी नेपाली समुदायको विशेष जिम्मेवारी छ सोच, चेतना र व्यवहारमा उल्लेखनीय परिवर्तन ल्याउन, सिर्जनात्मक सामाजिक र सांस्कृतिक अभियान नै सञ्चालन गर्न।

साथै मधेसका नेपाली समुदाय (खासगरी मधेसी भनिने)ले आफ्नो पहिचान र स्वाभिमानको लडाइँ यही देशभित्र खोज्नुपर्दछ। यसलाई सानो, सामान्य र नियतिको विषय बनाएर हामीले बेवास्ता गर्दै गयौं भने यो समस्याले झन् विकराल रुप लिँदै जान्छ।

प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  १९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्