काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरास्थित रत्न मन्दिर सर्वसाधारणका लागि छिट्टै खुला हुने बताएका दिएका छन्।
कास्कीको अन्नुपूर्ण गाउँपालिकाले राजधानीमा गरेको कार्यक्रममा बोल्दै प्रचण्डले रत्न मन्दिर सर्वसाधारणका लागि खुला केही समयभित्रै हुने बताएका हुन्। रत्न मन्दिर खुलाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटन मन्त्री योगेश भट्टराईसँग छलफल गरेको समेत उनले जानकारी गराए।
पूर्वराजा विरेन्द्रको निधनपछि उनको नाममा रहेका भौतिक सम्पति नेपाल ट्रस्टको नाममा ल्याइएको छ। पूर्वराजपरिवारका सदस्य पोखरा गएको समय रत्न मन्दिरमा बस्ने गदर्थे। नेपाल ट्रष्टमा ल्याइएसँगै पर्यटकीय स्थलका रुपमा रत्न मन्दिरलाई प्रयोग गरिने भएको छ। सर्वसाधारणलाई प्रवेश शुल्कसहित रत्न मन्दिरको अवलोकन गराउने तयारी छ।
फेवातालको संरक्षणका सन्दर्भमा समेत प्रधानमन्त्रीसँग छलफल गरेको उनले बताए। पर्यटकीय स्थल र गढीको संरक्षण गर्नका ती स्थानहरुको खोजीमा सरकार रहेको उनकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।