धरान- बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ।
वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका-३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय प्रेम कार्कीलाई पक्राउ गरिएको बराह सबडिभिजन वन कार्यालय चतराका अधिकृत शिवलाल विकले जानकारी दिए।
वन अधिकृत शिवलाल विकको कमान्डमा गएको टोलीले नडाहा चतरा सडकखण्डमा रहेको हरिणेखोलास्थित सडकदेखि १ सय ५० मिटरभित्र जङ्गलमा उनीहरुलाई हतियारसहित फेला पारेको थियो।
उनीहरुका साथबाट एक भरुवा बन्दुक, एक खुकुरी, एक चुप्पी र १४ थान बन्दुकको गोली, दुई बट्टा बारुद तथा डोरी बरामद गरिएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।