काठमाडौं– नेपाली कांग्रेस ३ नम्बर प्रदेशको संसदीय दलको बैठकले प्रदेशको राजधानी र नामका विषयमा छलफल गरेको छ। शुक्रबार काठमाडौमा बसेको बैठकले प्रदेशको स्थायी राजधानी चयनका क्रममा प्रदेशसभा सदस्यलाई व्हिप नलगाउने निर्णय गरेको छ।
प्रदेशसभाबाट जनताका प्रतिनिधिले चयन गर्ने विषय भएकाले राजधानी र नामको विषयमा ह्वीप नलगाई स्वतन्त्ररुपमा आफ्नो मत र अभिव्यक्ति दिन पाउने निर्णय गरेको संसदीय दलका नेता इन्द्र बानियाँले जानकारी दिए।
यसैगरी बैठकले नेकपाको सचिवालयले प्रदेशको राजधानी र नामको विषयमा दिएको निर्देशनमा आपत्ती जनाएको छ। नेकपाले संविधानको मर्म र भावनाविपरित संसदीय दललाई निर्देशन दिनु खेदपूर्ण भएको उल्लेख गर्दै प्रदेशको अधिकार प्रदेशसभाले नै प्रयोग गर्न पाउनुपर्ने निर्णय कांग्रेसले गरेको छ।
बैठकले पुस २१ गते हेटौंडामा पुनः बैठक बस्ने र तत्कालीन समयमा के–कस्तो रणनीतिबाट २२ गतेको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलले उपस्थिति जनाउने भन्नेमा निर्णय गर्ने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।