काठमाडौं- राष्ट्रपतिको सवारीका कारण काठमाडौंका विभिन्न रुटमा सवारी आवागमन प्रभावित हुने भएको छ।
केहीबेरमै संघीय संसद् बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रपति भवन शीतल निवासबाट संघीय संसद् भवन नयाँ बानेश्वर जाँदा र आउँदा १५/१५ मिनेट ती रुटमा सवारी आवागमन प्रभावित हुने ट्राफिक प्रहरी माहाशाखाले जनाएको छ।
प्रभावित हुने रुटहरु
शीतल निवाश, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, छाता गणेश, नक्साल भगवती, ल्होत्से चोक, ज्ञानेशवर चोक, रातोपुल, गौशाला, तिलगंगा, एयरपोर्ट गेट, सिनामंगल, तीनकुने, मीनभवन, बानेश्वर।
यी रुटमा राष्ट्रपति फर्कंदा पनि सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
राष्ट्रपति भण्डारीले संघीय संसद्को पहिलो बैठकलाई आज सम्बोधन गर्ने भएकी छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेको संघीय संसद्को संयुक्त ऐतिहासिक बैठकलाई राष्ट्रपतिबाट पहिलो सम्बोधन हुन लागेको हो। उनी घोडाको बग्गीमा संसद् भवन प्रवेश गर्नेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।