काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पुस ११ को केन्द्रीय समितिको बैठकले गरेका निर्णय फिर्ता नहुन्जेल सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा सहभागी हुन नसकिने दोहोर्याएका छन्।
सिटौला निकटका नेता कार्यकताहरुको उपस्थितिमा राजधानीमा भएको कार्यक्रममा सभापति देउवासँग तत्कालका लागि संवाद हुन नसक्ने बताए। उनले भने, ‘बहुमतबाट पारित महाधिवेशनको कार्यतालिका र अन्य निर्णय नसच्चिएसम्म सभापतिले बोलाएको बैठकमा सहभागी हुन सकिन्न।’
वार्तामार्फत् सहमति पहिल्याउन भएका प्रयासहरु सभापतिले विफल बनाइदिएको उनले आरोप लगाए। सिटौलाले भने, ‘एकलौटी निर्णय भएको छ। फिर्ता नहुन्जेल वार्ता हुने सम्भवना छैन।
मंसिर २६ बाट बोलाइएको केन्द्रीय समितिको बैठक संस्थापनइतर समूहले बहिष्कार गर्दै आएको थियो। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गरेपनि सिटौला सहमतिको प्रयासमा थिए। बहुमतको आधारमा निर्णय गर्नु र बहिष्कार गर्नु दुवै बेठिक पद्धति भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।