बुटवल– नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ बाट ३ जनाको उम्मेदवारी टुंगो लागेको छ।
पार्टी स्रोतका अनुसार महिला उम्मेदवारमा दाङकी गिरीजा न्यौपाने, अन्यबाट अर्घाखाँचीका बालकृष्ण पाण्डे र अल्पसंख्यकबाट बाँकेका मेराज हलुवाइको उम्मेदवारी पक्का भएको हो।
न्यौपाने नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन्। अर्घाखाँचीका पाण्डे काँग्रेस केन्द्रीय सदस्य हुन् भने मेराज बाँके काँग्रेसका जिल्ला सदस्य हुन्।
पार्टीको आधिकारिक निर्णय सार्वजनिक भइनसके पनि प्रदेश ५ बाट तीनजनाको नाम टुंगो लागेको कांग्रेस स्रोतको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।