काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले ज्यान मार्ने उद्योगका एक फरार गुण्डालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौं नयाँबजार बस्दै आएका २७ वर्षीय राते भन्ने सुजन श्रेष्ठ छन्। श्रेष्ठ प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी चरीको समूहका रहेको प्रहरीले जनाएको छ।
गत चैत १८ गते ठमेलको एलओडी क्लब अगाडि उनी र रेम्बो भन्ने अजय गुरुङले विष्ण कटवालमाथि रडले टाउकोमा प्रहार गरेका थिए । फरार उनलाई महाशाखाले लैनचारबाट पक्राउ गरेको हो।
थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।