भोजपुर– भोजपुर जिल्लालाई चैत २५ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ।
अनौपचारीक शिक्षा समितिको बुधबार अपराह्न बसेको बैठकले यस्तो निर्णय गरेको हो।
जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका मानिसको साक्षरता प्रतिशत ९६ दशमलव ४३ प्रतिशत पुगेसँगै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले जानकारी दिए।
हाल जिल्लाका १ सय १० स्थानमा साक्षरता कक्षा सञ्चालन भइरहेको र त्यसबाट १ हजार ६ सय ५० जनाले निरन्तर कक्षा लिइरहेको जिल्ला शिक्षा कार्यलयको तथ्याङ्क छ।
भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नेछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।