काठमाडाैं- सत्तारुढ नेपाल कम्युिनस्ट पार्टी (नेपाल)का प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यकाे उम्मेदवार हुने भएका छन्।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आज बसेकाे नेकपा सचिवालयकाे बैठकले उनलाई राष्ट्रिय सभा सदस्यकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।
उनीलाई गण्डकी प्रदेशको अन्यमा उम्मेदवार बनाउने निर्णय गरेकाे हाे। श्रेष्ठ प्रतिनिधि सभाकाे चुनावमा गाेर्खा १ बाट पराजित भएका थिए।
बैठकले नारायणकाजीसँगै बेदुराम भुसाललाई पनि उम्मेदवार बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।