काठमाडौं- लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ।
बिहीबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले शेफिल्डलाई २–० गोलअन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा मोहम्मद सलाह र साडियो मानेले गोल गरे।
खेलको चौथो मिनेटमा नै सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। सुरुवातमै अग्रता बनाएको लिभरपुलले अर्को गोल दोस्रो हाफमा गरेको थियो। पहिलो हाफमा १–० गोलअन्तरले पछि परेको शेफिल्डले दोस्रो हाफमा पनि सुधारिएको खेल खेल्न सकेन।
खेलको ६४औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–० गोलको जित दिलाए।
जितपछि लिरभपुलले २० खेलबाट ५८ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको लेष्टर सिटीसँग १३ अंकको अग्रता लिभरपुलले बनाएको हो। लेष्टरको २१ खेलबाट ४५ अंक छ। लिगको तेस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको २१ खेलबाट ४४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।