काठमाडाैं- नेपाली कांग्रेसले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न पार्टीका केन्द्रीय पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले आवश्यक परामर्श गरी केन्द्रीय पदाधिकारी बैठकले उम्मेदवारको निर्णय गरी पार्टीका तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिलाको व्यवस्था निर्णय गरेको हो।
पार्टीको विधानअनुसार निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न कार्यसम्पादन गर्न बैठकले केन्द्रीय पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरिएको हो। बैठकले राष्ट्रियसभा सदस्यको रिक्त एक तिहाइ पदका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दलहरुसँग आवश्यक सहकार्य र तालमेलका लागि पहल गर्ने निर्णयसमेत गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपालको संविधानको धारा ८६ (३ं) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।