काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक शुक्रबार बस्दैछ।
राष्ट्रियसभा उम्मेदवार चयन गर्न हिजाे बसेको सचिवालय बैठक विना निष्कर्ष टुंगिएपछि आज बिहानका लागि डाकिएकाे हाे। हिजाे अपरान्ह ४ बजे सुरु भएको बैठक ४ घण्टा बसेर विना निष्कर्ष टुंगिएको थियाे।
आजकाे बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउने जनाइइएको छ।
राष्ट्रियसभाका रिक्त पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ। रिक्त हुने १९ मध्ये १८ पदका लागि निर्वाचन हुने छ। एकजना भने राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने दिन तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।