काठमाडौं- राष्ट्रियसभा बैठकले बिहीबार कालापानीबाट भारतीय सेना हटाउनुपर्ने संकल्प प्रस्ताव पारित गरेको छ।
भारतीय सुरक्षाकर्मी सीमा क्षेत्रबाट हटाउन राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको थियो।
उक्त प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको हो।
प्रस्तावित संकल्प प्रस्तावमा उच्चस्तरीय कुटनीति राजनीतिक पहल गर्न आग्रह गरिएको थियो। सीमा क्षेत्र रक्षार्थ नेपाली जनताको एकता अभूतपूर्व कायम रहेको उल्लेख गर्दै उक्त प्रस्तावमा सम्पूर्ण सीमाको समस्या समाधान गर्न र उच्चस्तरीय प्राविधिक समितिद्वारा गरिएको पहललाई निष्कर्षमा पुर्याउन संकल्प प्रस्ताव दर्ता गरिएको सत्तारूढ दलका मुख्य सचेतक खिमलाल भट्टराईले बताएको थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।