काठमाडौं– राष्ट्रिय सभा उम्मेदवार चयन गर्न बसेको नेकपा सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ। अपरान्ह ४ बजे सुरु भएको बैठक ४ घण्टा बसेर विना निष्कर्ष टुंगिएको हो। शुक्रबार बिहान साढे ८ बजे पुनः बस्ने बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाउने जनाइइएको छ।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारबारे छलफल भयो, विभिन्न प्रस्तावमाथि छलफल ग¥यौं, तर आज नै निष्कर्ष निकाल्न सकिएन, भोलि बिहान साढे ८ बजे बस्ने सचिवालय बैठकले उम्मेदवारको सूचीलाई अन्तिम रुप दिनेछ।’ अन्य एजेन्डामा छलफल नभएको उनले बताए।
राष्ट्रियसभाका रिक्त पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ। रिक्त हुने १९ मध्ये १८ पदका लागि निर्वाचन हुने छ। एकजना भने राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने दिन तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।