काठमाडौं- प्रदेश ३ सभा कार्य व्यवस्था समितिको बिहीबारको बैठकले पुस २१ मा बस्ने प्रदेश सभा बैठकमा राजधानी र प्रदेशको नामका लागि कार्यसूची तयार गरेको छ।
प्रदेश सभामा पुस २२ गते राजधानी र प्रदेश नामका लागि मतदान हुनसक्ने नेकपाका तर्फबाट प्रदेश सभा सदस्य रामेश्वर फुयाँलले जानकारी दिए।
प्रदेश सरकार बनेको दुई वर्षपछि प्रदेश ३ को नाम र राजधानी तोकिन लागेको हो।
यसअघि गत पुस १३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडामा राख्ने निर्णय गरेको थियो। बैठकले उक्त प्रस्तावका पक्षमा उभिन नेकपा प्रदेश सभा सदस्यलाई निर्देशन दिने निर्णयसमेत गरेको थियो।
राजधानीका विषयमा नेकपाका सांसदहरूबीच मत बाझिएको थियो। राजधानी काभ्रे, भक्तपुर र हेटौंडा कहाँ राख्ने भन्ने विवाद थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।