काठमाडौं- नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को बक्सिङ खेलमा स्वर्ण विजेता खेलाडी पुरस्कृत भएका छन्।
युके बस्दै आएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतको सहयोगमा सागमा स्वर्ण विजेता ३ खेलाडीलाई सम्मान गरिएको हो। वरिष्ठ बक्सिङ प्रशिक्षक ओमकुमार मास्केको नेतृत्वमा खेलाडीलाई बस्नेतले पठाएको पुरस्कार आज एक कार्यक्रम गरी वितरण गरिएको हो।
सागको बक्सिङ २ पुरुष र १ महिला खेलाडीले नेपाललाई स्वर्ण दिलाएका थिए। पुरुष ६० केजीमा सनिल शाही र ६४ केजीमा भुपेन्द्र थापाले स्वर्ण जितेका थिए। महिला ५४ केजीमा मिनु गुरुङले स्वर्ण जितेकी थिइन्। स्वर्ण विजेता खेलाडीलाई बस्नेतले जनही २५ हजार रुपैयाँ प्रदान गरेका हुन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।