काठमाडौं- भारतले नेपालसँगको सीमा विवादबारे वार्ता चलिरहेको बताएको छ।
भारतीय विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने, ‘सीमाका विषयमा वार्ता चलिरहेको छ। सीमा निर्धारणको प्रक्रिया पनि चलिरहेको छ।’
यद्यपि उनले आफूहरुले जारी गरेको नयाँ नक्सा सही भएको बताए। ‘हाम्रो नक्साले ठिकसँग भारतको भूभागलाई समेटेको छ,’ उनले भने, ‘यसले नेपाललाई कुनै असर गर्दैन।’
बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको थियो।
नयाँ वर्षको अवसर पारेर मोदीले ओलीलाई टेलिफोन गरेका थिए। उक्त वार्ताबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराउँदै दुई देशबीच भएका समस्या समाधान गर्ने विषयमा कुरा भएको उल्लेख गरेका थिए। उनले आफूहरुले जारी गरेको नयाँ नक्सा सही भएको बताए। ‘हाम्रो नक्साले ठिकसँग भारतको भूभागलाई समेटेको छ,’ उनले भने, ‘यसले नेपाललाई कुनै असर गर्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।