विराटनगर– मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले सालको गोलियासहित ३ जनालाई पक्राउ गरेको छ।
पश्चिम जाँदै गरेको ना ३ त ३६३१ नम्बरको ट्याक्टरमा बालुवाले छोपेर राखेको अवस्थामा २४ दशमलब ९१ क्युफिट काठ बरामद गरिएको प्रहरीले जनाएको छ।
काठसहित ट्रयाक्टरका सह–चालक झापा दमक नगरपालिका–३ बस्ने २१ वर्षीय अनिल लिम्बु सोही ठाउँका २१ वर्षीय सुमन राई र इलाम चुलाचुली गाउँपालिका–६ बस्ने १६ वर्षीय मानबहादुर लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी अनुसन्धान भइरेहको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।