इनरुवा- सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जबाट मंगलबा साँझ सशस्त्र प्रहरीका दुई जवानलाई घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
अख्तियारको क्षेत्रीय कार्यालय इटहरीको टोलीले २५ हजार रुपैयाँसहित सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्रीलाई पक्राउ गरेको हो।
जवानद्वयले भारतीय गाडीलाई नेपाल प्रवेशका लागि छाडेवापत २५ हजार रुपैयाँ माग गरेपछि उनीहरु अख्तियारको फन्दामा परेका हुन्।
सशस्त्र प्रहरीले सोमबार भारतीय गाडीलाई प्रवेश गराइदिएवापत २५ हजार मागेको र पैसा आज दिने कबोल गरेपछि गाडीलाई प्रवेश गर्न दिएको थियो।
सोही पैसा दिनका लागि आएका बेला सुराकी पाएपछि गएको अख्तियारको टोलीले लक्ष्मी फेन्सी स्टोरबाट खड्का र खत्रीलाई पक्राउ गरेको हो। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।