काठमाडौं- २ किलो ७ सय ग्राम कोकिनसहित २ जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ३ दिनअघि नेपाल आएका बोलिभियन नागरिक अधेमर एनेज लोपेज र भारतीय नागरिक महिला कमर जहनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार जहनलाई कोकिन दिन लोपेज नेपाल आएका थिए। जहन भने नयाँ दिल्लीबाट नेपाल अाएकी थिइन्।
उत्पादन हुने देशबाट काेकिन नेपाल भित्रने गरेको छ। नेपाललाई ट्रान्जिट बनाएर युराेप र अमेरिका सप्लाई हुने गरेकाे छ। ब्युराेले यसअघि गरेका कारबाहीमा काेकिन हवाइ मार्गबाट अाउने-जाने गरे पनि पछिल्लाे दुई घटनामा नेपाल भित्रिएकाे काेकिन स्थलमार्ग हुँदै भारत जाने गरेकाे देखिएकाे हाे।
आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे थप जानकारी गराउने ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।