भक्तपुर– चाँगुनारायण नगरपालिका–८ ताथलीस्थित शंकर इँटाभट्टामा सोमबार चट्याङ लाग्दा सोही इँटाभट्टामा काम गर्ने सिन्धुली हरिहरपुर गढी गाउँपालिका–५ का १९ बर्षीय सुरेन्द्र बल तामाङको मृत्यु भएको छ।
चट्याङमा परी सुरेन्द्र र मकवानपुर ठोटरी–८ की १६ बर्षीया सन्चरी योन्जन गम्भीर घाइते भएकोमा भक्तपुर अस्पतालमा उपचारको क्रममा सुरेन्द्रको मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।