काठमाडौं -पाटन अस्पतालका चिकित्सक डा विजय जैसवालको घरमा काम गर्ने किशोरीको मृत्यु भएपछि स्थानीयले उनको घर तोडफोड गरेका छन्। डा जैसवालको भैंसेपाटीस्थित घरमा सोमबार बेलुका तोडफोड भएको हो।
उनको घरमा काम गर्ने १८ वर्षिय प्रियंका यादब मृत भेटिएकी थिइन्। उनले झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसरका डिएसपी नरेन्द्र चन्दले बताए।
घरमा तोडफोड हुन थालेपछि डा जैसवालले प्रहरी बोलाएका थिए। यादबको मृत्यु शंकास्पद भएको उनका आफन्तले बताएका छन्। पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।