जितपुर– कपिलवस्तुको शिवराज नगरपालिका–३, मदवाको उत्तरपट्टिको जंगलमा सोमबार एक जना पुरुषको बेवारिसे शव फेला परेको छ।
करीब ५५ वर्षको जस्तो देखिने पुरुषको शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको छेउमा ३ वटा रक्सीको बोत्तल र सेल्फासको बट्टा भेटिएकाले रक्सीसँगै विष सेवन गरेको हुनसक्ने प्रहरी निरीक्षक झवीन्द्रप्रसाद भट्टराईले जानकारी दिए।
शवको प्रकृति हेर्दा एकदिन अघि मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ। मृतकको पहिचान अझै नखुलेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।