• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

मेरो नामको सिन्दूर 

64x64
नेपाल लाइभ शनिबार, पुस १९, २०७६  ०६:०१
1140x725

प्यारी बुढी सोनिया, 
आज हाम्रो बिहे भएको एक महिना पुरा भएछ। अनि म तिमीबाट टाढा भएर जर्मनी गएको मात्र पाँच दिन। छुट्टिएको धेरै भएको छैन, त्यही पनि तिम्रो नाममा एउटा पत्र लेख्न मन लाग्यो। यो पत्र तिम्रो याद अनि तिमीजस्तै आफ्नो जन्मघर छाडेर नयाँ घरलाई सहर्ष स्वीकार गर्न सक्ने मन, समर्पण अनि त्याग गर्ने नारी सम्झेर लेख्दैछु।

तिमीले आफू जन्मेको गाउँ, परिवेश अनि परिवार छाडेर आफ्नो सिउँदोमा मेरो नामको सिन्दूर लगाएपछि कस्तो महसुस गरेको हौली भनेर मेरो मनमा खेलिरहेको छ। तिम्रा भाडाकुटी खेल्ने साथी, खुट्टे खेल्ने चौर अनि लुकामारी खेल्ने चोक। कत्तिको मिस गरेकी छौ भनेर जान्न मन लागेको छ। तिमीलाई अझै पनि तिम्रो घरनजिकैको ढुङेधाराको पानी पिउन कति मन लागेको छ, जान्न मन लागेको छ। 

पितृसतात्मक समाजमा हुर्केका हामी पुरुषले नारीले गर्ने त्यागलाई कति सजिलै लिन्छौं। एउटा नारीले अन्जान पुरुषका लागि आफू हुर्केको आँगन, आमाको काख, बाबाको साथ छोड्दा कति दुःख महसुस भयो होला भन्ने कहिल्यै सोच्दैनौं। आफ्नो जन्मघरमा घामले डाँडो काट्दा उठने छोरी, बिहेको भोलिपल्टै बुहारी बनेर घाम नझुल्कँदै उठ्दा कति गार्‍हो भयो होला भन्ने हेक्कासम्म राख्दैनौं। 

आफ्नो शिर कहिल्यै नझुकाएकी तिमी, विवाहपछि सासु–ससुराको अघि हरपल पछ्यौरा टाउकोमा बेरेर शिर निहुराउँदै हिँड्दा कस्तो हुन्छ होला भन्ने कहिल्यै सोच्दैनौं।  

हामी पुरुष घरमा पनि महान हुन्छौं, बिहेपछि ससुरालीमा पनि चाहिएभन्दा बढी सत्कार पाउछौं। अनि त्यस्तै खोज्छौ पनि। तर पतिलाई बिहानै चिया लगिदिने, ससुरालाई तातोपानी तताइदिने अनि जेठाजुलाई कतै झुक्किएर छोइन्छ कि भनेर सतर्क भइरहनुपर्ने संस्कृतिले नारीलाई कति गार्‍हो भयो होला भन्ने सोच्दैनांै। 

नारीको हरपल परीक्षण गरिन्छ - खाना पकाउन, कपडा धुन, भाडा माँझ्न, यस्तै–यस्तै। तर समाजले लिने यस्ता परीक्षामा पनि  उनीहरु सधैं खरो उत्रिन्छन्। हिजोसम्म खुला पंख फिजाउँदै उड्ने नारीलाई आज हरपाइलामा परीक्षण हुनु पर्दा कति गाह्रो हुन्छ होला है।

बुढी, मेरो मनमा अहिले यस्तै नारीको त्याग अनि बलिदानका कुरख खुब याद आउँदैछ। मेरी आमा, भाउजु अनि तिमी, सबै महान छौ, जसले आफ्नो जन्मघर त्यागेर नयाँ घरलाई मन्दिर बनायौं। तिम्रो त भर्खर बिहे भयो। मेरी आमा अनि भाउजुलाई उहाँहरूका बा–आमालाई भेट्न पनि तीज कुर्नुपथ्र्यो रे। कस्तो पीडा भयो होला है उहाहरूलाई? तर मैले उहाँहरूबाट कहिल्यै गुनासो सुनिनँ। त्यही भएर त नारीलाई महान भनिएको होला हगि? 

प्यारी, हामी त भाग्यमानी हौं। किनकि हामी बिहेपछि छुट्टिएर बस्नु पर्दैन। म केही दिनमा आईहाल्छु। तर सोच त ती नारीहरूलाई जसले हामीजसरी मंसिर १४ मा बिहे गरेको भोलिपल्टै आफ्नो बुढालाई खाडी मुलुकका लागि आँशुले बिदाइ गर्नु परेको छ। बिचरा नारी, जसको साथ पाउछु भनेर बा–आमा छाडेर बिहे गरेर आउँछिन्, उसले नै छाडेर विदेशिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कैयौं  श्रीमान त बिहेको भोलिपल्ट विदेशिएर काठको बाकसमा फर्केका घटना हाम्रो समाजमा धेरै छन्। कस्तो हुन्छ होला हगि, ती नारीलाई जसले पतिको माया महसुस गर्न नपाई विधवा बन्नुपर्छ। हामी पुरुष साँच्चिकै स्वार्थी छौं– बिहेमा श्रीमतीलाई उपहारस्वरुप दिने सिन्दूर अनि रातो बस्त्र पनि आफू मरेर जाँदा सिन्दूर पुछाएर खाली सिउँदो बनाई सेताम्मे बनाएर जान्छौं। 

बुढी, म  तिमीलाई छाडेर पहिला नै गएछु भने पनि मैले तिमीलाई विवाह दिएको उपहार फिर्ता नगर्नु ल। मैले तिमीलाई मायाले लोइरी भनेर बोलाउने नाम पनि सँगालेर राख्नु है।

लोइरी, तिमीले हातका चुरा बजाउँदै तपाईंकै आवाज भनेको, स्वयम्बरको औंठी देखाउँदै तपाईंले मेरो हात मायाले चुमिरहनुभएको छ भनेको अनि तिलहरी देखाउँदै हजुरले मलाई हरपल अङगालोमा बेरिरहनु भएको छ भनेको बहुत याद आइरहेको छ। तिमी अब मेरो आयु बढाउन तिजको निराहार व्रत बसौली, मेरो इच्छाअनुसार चल्न खोजौली, आफ्नो खुसी तिलान्जली दिँदै मेरो खुसी खोज्ने हौली होइन? तर बुढी, म त्यो बुढा बन्न चाहन्न जो तिम्रो आयु घटाई आफ्नो आयु बढाओस्, तिम्रो शिर आफ्नो पैतालामा पर्दा गर्व गरोस्। व्रत बसेर आयु बढ्ने नै रहेछ भने हामी दुवै व्रत बस्नेछौं ताकि हामी दुवैको आयु बढोस् किनकि तिमीविना म अधुरो छु अनि मलाई बाँच्न पनि गाह्रो हुनेछ। 

तिमी एकपाइला सार, म अर्को पाइला सार्नेछु। तिमीले कपडा धुँदा, म पानी हाल्नेछु। तिमीले खाना पकाउँदा, म तरकारी केलाउनेछु। तिमीले बाहिरको काम हेरे मैले घरको काम हेर्नेछु। तिमीले घरको काम हेरे, मैले बाहिरको हेर्नेछु। तिमीलाई पछि लगाएर म अघि बढ्ने छैन, तिमीसँग साथसाथै हिंड्नेछु किनकि अहिले म अनि तिमीबाट हामी भएका छौं।
    
अनि एउटा कुरा भनँु? तिमीसँग सात जुनीसम्म होइन लाखौं जुनीसम्म सँगै हुने मन भएकाले बिहेको जग्गेमा सातचोटि होइन लाखौंचोटि घुम्ने इच्छाले घुम्दै थिएँ। पण्डितले रोके। अनि लगनगाँठो पनि मज्जाले कसेर बाँधेको छु, सायद तिमीले त्यसको असर महसुस गरिसक्यौ कि? तिमीजस्ता नारीको महानता धेरै भए पनि कति कुरा यो पत्रमा उतार्न सकिनँ।  तर व्यवहारमा उतार्न प्रयास गर्नेछु भन्दै योपत्र यही टुंग्याउछु। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उही तिम्रो लोइरो
झलक
 

प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  ०६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्